नेपालका सूचना प्रविधि कम्पनीलाई विदेशमा लगानी गर्न बाटो खुला — ऐतिहासिक नीति सुधार

नेपालका सूचना प्रविधि कम्पनीलाई विदेशमा लगानी गर्न बाटो खुला — ऐतिहासिक नीति सुधार

बुधवार, असार ११ २०८२
बुधवार, असार ११ २०८२
  • नेपालका सूचना प्रविधि कम्पनीलाई विदेशमा लगानी गर्न बाटो खुला — ऐतिहासिक नीति सुधार

    काठमाडौं/ नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली, २०७८ को चौथो संशोधनमार्फत नेपाली सूचना प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न अनुमति दिने नीति ल्याएको छ।

    images
    images


    यस नयाँ व्यवस्थाअनुसार विगत तीन वर्षदेखि निरन्तर आइटी सेवा निर्यातमार्फत विदेशी मुद्रा आर्जन गरेका कम्पनीहरूले आफ्नो औसत आम्दानीको ५० प्रतिशत वा १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउनेछन्।

    नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनीज् (नास आईटी) ले यस निर्णयलाई ऐतिहासिक सफलता भन्दै हार्दिक स्वागत गरेको छ। संस्थाले लामो समयदेखि प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय विस्तारको लागि कानुनी आधार तयार पार्न माग गर्दै आएको थियो।

    यस निर्णयले सरकारले ल्याएको २०७८ सालको अध्यादेश र विदेशी विनिमयसम्बन्धी ऐन संशोधनको निरन्तरता स्वरूप प्रविधि उद्योगको माग सम्बोधन गरेको नास आईटीको भनाइ छ।

    नास आईटीले सरकार र नेपाल राष्ट्र बैंकलाई प्रविधि क्षेत्रमा यस्तो दूरदृष्टिपूर्ण निर्णय गरेकामा धन्यवाद व्यक्त गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय