आज वि.सं. २०८२ साल आषाढ ११ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ जुन २५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायण, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, औँशी तिथी, मृगशिरा नक्षत्र, आनन्दादिमा-अमृत योग, चन्द्रराशि-मिथुन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज छोटो दूरीको रमाइलो यात्रा र पुराना साथीभाइसँग भेटघाटको अवसर मिल्नेछ । खाद्यान्न, गहना र निर्माण सामग्री व्यापारबाट लाभ हुनेछ । बैँक, वित्त वा सेयर बजारमा लगानीबाट फाइदा हुनेछ । आत्मबल, निर्णय क्षमता उच्च हुनेछ । नयाँ योजना सफल, सेवा क्षेत्रमा प्रतिष्ठा र दिगो लाभको सम्भावना देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज घरपरिवारमा सामान्य विवादको सम्भावना देखिन्छ, संयम अपनाउनुहोला । व्यापारमा मिहिनेतअनुसार आम्दानी कम हुन सक्छ । स्वास्थ्यमा असर पर्न सक्छ, खानपानमा ध्यान दिनुहोला । लगानी अघि अध्ययन आवश्यक देखिन्छ । कलात्मक क्षेत्रप्रति आकर्षण बढ्नेछ । बोली र व्यवहारमा सतर्क रहनुहोस, बुद्धिको प्रयोगले केही अवसर हात पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राजनीतिकर्मी, समाजसेवी वा पेशाकर्मीले आज नाम र सम्मान कमाउने मौका पाउनेछन् । रोकिएका आर्थिक योजना अघि बढ्नेछन्, सेयर तथा व्यापारमा लगानीबाट लाभ मिल्नेछ । पढाइ, रचनात्मक काम र नयाँ प्रस्तावले हौसला दिनेछन् । बिछोडिएका आफन्तसँग भेट हुनेछ, उपहार, रमाइलो जमघट र आत्मसन्तुष्टि दिने दिन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज खर्च बढ्ने, स्वास्थ्यमा समस्या देखिने र औषधी खर्च बढ्ने सम्भावना छ । पढाइ, व्यापार र सेयरमा मिहिनेत र सुझबुझ आवश्यक रहनेछ । लामो दूरीको विदेश यात्राको सम्भावना बलियो छ । उच्च पदस्थसँग भेटको योग छ, तर आत्तिने स्वभावले अवसर गुम्न सक्छ । खर्च नियन्त्रण, सावधानी र धैर्य आवश्यक रहने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज व्यापार तथा पुँजी बजारमा लगानीबाट लाभ मिल्नेछ । आयस्रोत बढ्नेछ, सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ । नोकरी, पदोन्नति र सामाजिक प्रतिष्ठा प्राप्त हुने समय हो । अध्ययनमा प्रगति हुनेछ, विद्यार्थीलाई लाभ मिल्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ । रोकिएको काम बन्नेछ, साझेदारी र दिगो फाइदाका काम सुरु हुने संकेत छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज राजनीतिज्ञ र समाजसेवीले जनताको कामबाट पद र सम्मान प्राप्त गर्ने सम्भावना छ । व्यापार र वित्तीय लगानीबाट लाभ हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर पाउनुका साथै इमान्दारिता र लगनशीलताको मूल्याङ्कन हुनेछ । सामाजिक प्रतिष्ठा, अध्ययन, प्रेम, र भविष्य योजनाका लागि अनुकूल समय हो । विशिष्ट सहयोग र कर्मयोगले सफलता हात लाग्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन धर्म, अध्यात्म र शिक्षासँग जोडिएका व्यापार फस्टाउने संकेत छ । धार्मिक वा शैक्षिक यात्रा सम्भव छ भने पढाइमा प्रगति हुनेछ । राजनीतिक, सामाजिक काममा रुचि बढ्नेछ । सेयर, उद्योग र व्यापारमा सुझबुझपूर्ण लगानीबाट लाभ पाइनेछ । कार्यक्षेत्रमा प्रशंसा र वरिष्ठको सहयोग मिल्नेछ । चुनौतीबीच अवसर देखिनेछ, तर लगनशीलता आवश्यक छ । समाजसेवामूलक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज व्यवसायमा लगानी भए पनि आर्थिक सङ्कट आउन सक्छ । खर्च बढी हुँदा दैनिकीमा असर पर्न सक्छ । मनका कुरा अरूलाई दुखाउन सक्ने भएकाले सावधानी अपनाउनुहोस् । पढाइमा समय दिए पनि नतिजा कमजोर आउन सक्छ । स्वास्थ्यमा कमजोरी र यात्रा कठिन हुनेछ । धोका र गोपनीयता समस्या देखिन सक्छ । तर वैदेशिक रोजगार र उच्च शिक्षामा सफलता सम्भावित छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज व्यापार र वित्तीय क्षेत्रबाट मनग्गे धन आर्जन हुनेछ । भौतिक सम्पत्ति र विलासी वस्तु उपहारमा प्राप्त हुन सक्छ । पढाइमा राम्रो नतिजा आउनेछ र लामो दूरीको यात्रा हुनेछ । परिवारसँग रमाइलो जमघट र मिष्टान्न भोजनको अवसर हुनेछ । साझेदारीमा लाभ, नयाँ योजना र जीवन साथीको सहयोगले नयाँ काम अघि बढ्नेछ । प्रेम, मित्रता र सम्मानले मन प्रफुल्लित हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
न्यायिक निर्णय आफ्नोपक्षमा आउनेछ भने शत्रु परास्त हुनेछन् । विद्या र प्रतिस्पर्धामा नाम अग्रस्थानमा हुनेछ । व्यापार, सेयर बजार र उद्योगमा लगानीबाट दिगो लाभ मिल्नेछ । पुराना थाती काम सम्पन्न हुनेछन् । लामो दूरी र रमाइलो यात्राको योग छ । लेखन तथा संचारमा संलग्नका लागि विशेष दिन छ । मिहिनेतले सफलता पाउनेछ, स्वास्थ्य सबल रहनेछ, र महत्त्वाकांक्षी काम शुभारम्भ हुने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा मन नजाँदा महत्वपूर्ण उपलब्धि गुम्न सक्छ, ध्यान दिनुहोला । व्यापारमा लगानी अघि केही समय पर्खनु राम्रो हुनेछ । स्वास्थ्य र यात्रा तथा सवारीमा सावधानी अपनाउनुहोस् । अवसरवादीबाट सतर्क रहनुहोला । दायित्वमा सफलता र शुभचिन्तकको सहयोग मिल्नेछ । छिटो फलको आकांक्षाले समस्या ल्याउन सक्छ, सोचविचार गरेर मात्र नयाँ काम थाल्नुहोस् । मेहनतले अध्ययनमा प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनीति र समाजसेवामा आलोचनासहित समर्थन मिल्नेछ । विश्वास गरेका मानिसबाट धोका र आमा सरहका व्यक्तिसँग मनमुटाब बढ्ने सम्भावना छ । घरजग्गामा मन्दी हुनेछ भने स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला । कृषि तथा पशुपालनबाट धन आर्जन सम्भव छ । इष्टमित्रको सहयोग पाइनेछ । अवसर आए पनि श्रमको फल कम मिल्ने, सम्झौता तोडिन सक्छ । सुझावलाई ध्यान दिँदा सामान्य लाभ हुनेछ ।