एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालविरुद्ध जापान ८० रनमै अल आउट

एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालविरुद्ध जापान ८० रनमै अल आउट

मंगलवार, असार १० २०८२
मंगलवार, असार १० २०८२
  • images
    images
    एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालविरुद्ध जापान ८० रनमै अल आउट
    images
    images

    काठमाडौँ एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालविरुद्धको खेलमा जापान ८० रनमै अल आउट भएको छ ।
    जापानले नेपाललाई ८१ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रन बनाएर अलआउट भएको हो । 
    जापानका लागि कप्तान चाल्र्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ तथा गम्बी हाराहिन्जीले ३० बलमा १३ रनमा आउट भए ।
    जापानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि शुभमन खनालले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १ विकेट लिए ।
    मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज नेपाल र जापानबीच खेल भएको थियो ।
    नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com