‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन सम्पन्न’ आइडियल मोडल स्कुलका विद्यार्थी प्रसुन भट्ट विजेता

‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन सम्पन्न’ आइडियल मोडल स्कुलका विद्यार्थी प्रसुन भट्ट विजेता

मंगलवार, असार १० २०८२
मंगलवार, असार १० २०८२
  • ‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन सम्पन्न’ आइडियल मोडल स्कुलका विद्यार्थी प्रसुन भट्ट विजेता

    काठमाडौँ / लाइफ कम्प्युटरद्वारा आयोजित राष्ट्रियस्तरको ‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन सिजन ७’ सम्पन्न भएको छ ।  सोमबार राष्ट्रिय नाचघर जमल काठमाडौँमा आयोजित भव्य ग्रान्ड फिनालेसँगै प्रतियोगिता सम्पन्न भएको हो ।   

    images
    images

    प्रतियोगितामा आइडियल मोडल स्कुल, जाउलाखेलका विद्यार्थी प्रसुन भट्टले उपाधि जितेका छन् ।

    देशभरका विभिन्न विद्यालयका विद्यार्थीहरूले निर्माण गरेका ९८१ वेबसाइटमध्ये उत्कृष्ट २० छनोट गरिएपछि त्यसैबाट उत्कृष्ट १० र अन्ततः उत्कृष्ट ३ जना अन्तिम चरणमा प्रतिस्पर्धा गर्न पुगेका थिए ।

    निर्णायकहरूले उत्कृष्ट प्रस्तुति, सफा कोडिङ, युजर-फ्रेन्ड्ली डिजाइन र प्राविधिक दक्षताको आधारमा उच्च मूल्याङ्कन गर्दै प्रसुन भट्टलाई पहिलो स्थानमा छनोट गरेका हुन् ।

    दोस्रो स्थानमा आदर्श सौल युवक माध्यमिक विद्यालय, ललितपुरका सुशील खड्का र तेस्रो स्थानमा श्री सुन्दरी माध्यमिक विद्यालय, धादिङका आदेश भण्डारी परे । विजेताहरूले क्रमशः एक लाख रुपैयाँ बराबरको ल्यापटप, ५० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

    फाइनल चरणको निर्णायक मूल्याङ्कन तथा पुरस्कार वितरण कार्यक्रम काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा भव्य समारोहबीच सम्पन्न भयो ।

    News life.JPG

    कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, त्रिभुवन विश्वविद्यालय सूचना तथा प्राविधिक केन्द्रका निर्देशक प्रा.डा. सुवर्ण शाक्य, कम्प्युटर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी तथा युनिभर्सल पिस फाउन्डेसन साउथ एसियाका क्षेत्रीय निर्देशक प्रकाश बाबु थापालगायतले प्रविधिमा विद्यार्थीहरूको योगदानको प्रशंसा गरे ।

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनशीलता र प्रविधि प्रतिको लगाव बढाउने बताए।

    उनले प्रविधिलाई करियरको रुपमा हेर्ने सोच विस्तार गर्न यस्ता प्लेटफर्महरू महत्वपूर्ण हुने बताएका थिए। त्यसैगरी, त्रिभुवन विश्वविद्यालय सूचना तथा प्राविधिक केन्द्रका निर्देशक प्रा. डा. सुवर्ण शाक्यले प्रतियोगिताले विद्यार्थीहरूमा हौसला बढाएको उल्लेख गरे। 

    कम्प्युटर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले सानो उमेरमै वेबसाइट निर्माणजस्तो प्रविधिक विधामा विद्यार्थीहरूको उत्साह देख्दा आफू प्रभावित भएको प्रतिक्रिया दिएका थिए । 

    युनिभर्सल पिस फाउन्डेसन साउथ एसियाका क्षेत्रीय निर्देशक प्रकाश बाबु थापाले प्रतियोगितामा देखिएको प्रतिभालाई उल्लेखनीय भन्दै विद्यार्थीहरूको सिर्जनात्मक उचाइको प्रशंसा गरे।

    प्रतियोगिता लाइफ कम्प्युटरका सिइओ रमेश पोखरेलको परिकल्पना र नेतृत्वमा आयोजना गरिएको हो । उनले यस्तो प्रकारको प्रतियोगिता मार्फत विद्यार्थीहरूमा डिजिटल सीपको विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताए। 

    11.JPG

    कार्यक्रमकी संयोजक तथा लाइफ कम्प्युटरकी प्रबन्ध निर्देशक लक्ष्मी खत्रीले देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरूको सहभागिता र उनीहरूले देखाएको लगनशीलता देख्दा कार्यक्रम सार्थक भएको बताइन्।

    कार्यक्रममा ‘बेस्ट टिम मेम्बर अफ द इयर’ बाट उत्कृष्ट टिम सदस्य कृष्ण ढुंगेललाई  सम्मानित गरिएको थियो । 

    विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। स्कुल(कलेजका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न प्राविधिक संघ(संस्थाका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय