आज वि.सं. २०८२ साल आषाढ १० गते, मङ्गलबार, इस्वी सन् २०२५ जुन २४ तारिख तदनुसार नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिख्म ऋतु तदनुसार श्रीशाके १९४७, आषाढ शुक्लपक्ष । चतुर्दशी तिथी, बेलुकी ६ः२९ बजेपछि औँसी, रोहिणी नक्षत्र, आनन्दादिमा–मातंग योग, चन्द्रराशि–वृष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यस दिनको आर्थिक पक्ष मिलाजुला रहने देखिन्छ। खाद्यान्न, होटल तथा रेस्टुरेन्ट क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुने सम्भावना छ भने औषधी, गहना र निर्माण सामग्रीको व्यापारमा पनि उल्लेख्य वृद्धि देखिन्छ। अनुभवीको सहयोगले व्यापारमा लाभ हुनेछ। तर आत्मविश्वासको कमी, खर्चको डर र गोपनीयताको बेवास्ताले समस्या निम्त्याउन सक्छ। सतर्कता र मिहिनेतले भविष्यमा लाभ दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रविधिको उपयोग गरी नयाँ रचनात्मक कामबाट आर्थिक लाभ लिन सकिने समय हो। शेयर बजार तथा व्यापारमा लगानीबाट नाफा कमाइनेछ। पढाइ तथा बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। पद प्राप्तिको सम्भावना देखिन्छ भने समाजसेवा र राजनीतिमा चासो बढ्नेछ। अफन्तको साथ, प्रयास र आत्मविश्वासले भविष्यका लागि आर्थिक जग बलियो बनाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय आर्थिक दृष्टिले मिल्दोजुल्दो रहनेछ। खर्चभन्दा आम्दानी बढी हुने भएकाले बचत सम्भव छ। स्वास्थ्य सामग्री, खाद्यान्न तथा विदेशी सामानको व्यापारमा वृद्धि हुनेछ। वैदेशिक रोजगारी, एनजिओ÷आईएनजिओमा अवसर मिल्नेछ। अध्ययन र यात्राको योग पनि बलियो देखिन्छ। तर मिहिनेतको प्रतिफल अरूले लिन सक्ने खतरा, खर्च र कर्जाको सम्भावनाले सतर्कता आवश्यक छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनीतिज्ञ र विशिष्ट व्यक्तित्वहरूको सङ्गतले नयाँ अवसरहरू सिर्जना गर्नेछ। कृषि र पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी मनग्गे आम्दानी आर्जन गर्न सकिनेछ। रुचि अनुसार अध्ययनले बौद्धिक विकास हुनेछ। व्यापार र शेयर बजारबाट नाफा मिल्नेछ। परिवारको सहयोगले काममा सहजीकरण हुनेछ। नयाँ आम्दानीका स्रोत फेला पर्ने भए पनि केही खर्च र त्याग आवश्यक पर्न सक्छ। मेहनतले सफलताका ढोकाहरू खोल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्या र प्रतिस्पर्धामा तपाईँ अग्रस्थानमा रहनेछ। व्यापार, शेयर बजार र औद्योगिक लगानीबाट नाफा बढ्नेछ र थप लगानीका अवसरहरू सिर्जना हुनेछ। घरपरिवारमा खुसी छाउनेछ भने माया प्रेम र विश्वास बलियो हुनेछ। नयाँ काम र नोकरीमा पदोन्नति सम्भावना छ। राजनीतिक क्षेत्रमा सावधानी अपनाउनुपर्छ। विदेशबाट शुभ समाचार प्राप्त हुनेछन्। मेहनतले भविष्यमा प्रतिष्ठा र भौतिक समृद्धि ल्याउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नोकरीमा पदोन्नति र सुगम स्थानान्तरणको राम्रो सम्भावना छ। सन्तानको सुखले मन रमाउनेछ। आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय बिताउने अवसर छ। अध्ययन र अनुसन्धानमा सफलता मिल्नेछ र राज्यबाट सम्मान पाउने योग छ। परिवार र छरछिमेकीसँग रमाइलो समय बित्नेछ। व्यापारमा थप लगानी गर्ने समय छ। स्वास्थ्य कमजोर रहे पनि मेहनतले उपलब्धि हासिल गर्न सकिन्छ। अरुको हस्तक्षेपले चुनौती आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा प्रविधि प्रयोग गरी प्रगति हुनेछ। व्यापार, शेयर बजार र उत्पादन क्षेत्रमा लगानीबाट आम्दानी बढ्नेछ। रोकिएका काम आफन्तको सहयोगले पूरा हुनेछन्। प्रणय सम्बन्धका लागि समय अनुकूल छ। कार्यक्षेत्रमा ढिलाइ हुन सक्छ, तर व्यापारमा लाभ हुनेछ। अनावश्यक सल्लाह दिनबाट बच्नुपर्छ। स्वास्थ्यमा सजगता आवश्यक छ। सहयोगीहरू पछि हट्न सक्छन्। उपलब्धि आउन समय लाग्नेछ। मेहनत निरन्तरता दिनुपर्छ। नयाँ योजनामा जोखिम बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धीलाई पछाडि पार्दै सफलता हात पारिनेछ। लगानीबाट मनग्गे आम्दानी हुनेछ र व्यवसायिक यात्रा हुनेछ। कार्यशैलीमा परिवर्तनले ठूलो लाभ हुनेछ। स्वास्थ्यमा सावधानी आवश्यक छ। बिछोडिएका परिवारसँग भेट हुनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्नेछ। छोटो समयमा फाइदा उठाउने मौका छ। सुन्दर पहिरनले व्यक्तित्व निखार्नेछ। विशेष उपहार र प्रियजनको साथले दिन रमाइलो हुनेछ। शुभचिन्तकहरूको सहयोगले आम्दानी बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइ र नोकरीमा प्रतिस्पर्धीलाई पछाडि पार्दै सफल हुन सकिनेछ। रोकिएका काम बन्नेछन् र स्वास्थ्य समस्या सुधारिनेछ। मामा पक्षबाट सहयोग पाइनेछ। वित्तीय बजार र व्यापारमा लगानीबाट नाफा हुने सम्भावना छ। नयाँ निर्णयले व्यापारमा ठूलो लाभ मिल्नेछ। चुनौतीका बाबजुद मिहिनेतले लक्ष्य पूरा हुनेछ। भौतिक साधन जुटाएर दिगो सफलता हासिल हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राम्रा कामले विश्वास जितिनेछ। नयाँ प्रविधिले आम्दानी बढ्नेछ। प्रतिस्पर्धामा विजय हासिल हुनेछ। आफन्तको सहयोगले मन प्रसन्न हुनेछ। खर्च बढे पनि प्रगति हुनेछ। स्वास्थ्य समस्याले काममा असर पुर्याउन सक्छ। सहयोगी पछि हट्न सक्छन्। व्यवहारिक झमेला र अप्रिय समाचारले समय सदुपयोगमा असर पार्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार, शेयर बजार र उद्योगबाट राम्रो आम्दानी हुनेछ। कृषि र पशुपालनमा प्रगति हुनेछ। स्वास्थ्य समस्याका बाबजुद काममा सफल हुने अवसर छ। आफन्तसँग सम्बन्ध मिठो हुनेछ र लामो यात्राको सम्भावना छ। कार्यस्थलमा जिम्मेवारी निभाउन सतर्क हुनुपर्छ। मधुर व्यवहारले रोकिएका काम बन्नेछन्। आर्थिक पक्ष सामान्य रहनेछ। पुराना सम्झौता नवीकरण नगर्दा नोक्सानी हुन सक्छ। निर्णयमा सावधानी नलिँदा पछि पर्न सकिन्छ। पारिवारिक मतभेद र अनावश्यक झमेलाबाट जोगिनुपर्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार, कृषि र शेयर बजारबाट मनग्गे आम्दानी हुनेछ। स्वास्थ्य कमजोर भए पनि काममा सफलता मिल्नेछ। प्रेम र परिवारमा सहयोग पाइनेछ। जिम्मेवारी निभाउन सतर्कता आवश्यक छ। पुरानो सम्झौता नवीकरण नगर्दा नोक्सानी हुन सक्छ। पारिवारिक मतभेदले बाधा पुर्याउन सक्छ। नयाँ लगानीले फाइदा दिनेछ। मेहनतले सफलताको बाटो खोल्नेछ।