सोमबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

सोमबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

सोमवार, असार ९ २०८२
सोमवार, असार ९ २०८२
  • images
    images
    सोमबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images

    आज मिति वि.सं. २०८२ साल आषाढ ९ गते, सोमबार तदनुसार इस्वी सन् २०२५ जुन २३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्ल पक्ष, त्रयोदशी तिथी, कृतिका नक्षत्र, आनन्दादिमा–स्थिर योग, चन्द्र राशि–वृष ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    बोलिको प्रभाव बढ्नेछ भने बोलिकै माध्यमबाट आम्दानी गर्न सकिनेछ। लेखन, साहित्य, शिक्षा र पर्यटनमा सफलता मिल्नेछ। पुँजी बजार, विलासी वस्तु, रेस्टुरेन्ट र होटलमा लगानीबाट लाभ हुनेछ। तर, बोलीको गलत अर्थ लाग्दा विवाद बढ्न सक्छ। स्थायी सम्पत्तिमा समस्या आउन सक्छ। बुद्धि प्रयोग गर्दा कठिनाइबीच पनि लक्ष्य प्राप्त हुने सम्भावना छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    विगतका कमीकमजोरी सुधार्दै नयाँ तथा रचनात्मक काममा हात हाल्न सकिनेछ। व्यापार, सेयर बजार र उद्योगमा लगानीबाट आर्थिक उन्नति सम्भव छ। प्रतिष्ठित कामको अवसर मिलेर नाम र दाम कमाउने समय हुनेछ। पत्रकार, राजनीतिज्ञ तथा व्यवसायीका लागि समय लाभदायक छ। पारिवारिक सहयोगले आत्मविश्वास बढाउनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    धार्मिक तथा सामाजिक काममा व्यस्तता रहनेछ। पेसा–व्यवसाय स्वाभाविक रूपमा चल्ने हुँदा खर्च धान्न सजिलो हुनेछ र केही बचत पनि सम्भव हुनेछ। विदेश यात्रा वा विदेशस्थित काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। तर, खर्च नियन्त्रणमा नराख्दा आर्थिक समस्या निम्तिन सक्छ। लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ, सहयोग अपेक्षाकृत कम मिल्न सक्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    सीमित स्रोतको उचित प्रयोगबाट आवश्यकताहरू पूरा गर्न सकिनेछ। व्यापार, सेयर बजार र सम्पत्तिमा लगानी गरी आर्थिक स्थिति मजबुत बनाउन सकिनेछ। जीवनसाथी र दाजुभाइको सहयोगले सफलता मिल्नेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। तर, अवसरवादीहरूबाट सतर्क रहनु पर्ला। कम मेहनतमा बढी नतिजा नआउला, तर दीर्घकालीन लगानीको सम्भावना देखिनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    राजनीति, समाजसेवा र व्यवसायमा जनसमर्थनका साथ लोकप्रियता हासिल गर्न सकिनेछ। सेयर बजार, उत्पादनमुखी पेसा र कृषि क्षेत्रमा लगानीबाट राम्रो आम्दानी हुनेछ। शिक्षामा सफलता मिल्नेछ भने नयाँ अवसर र स्थानान्तरणको सम्भावना उच्च छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। मेहनतले दिगो कामको जग बसाउने र भौतिक साधन जुटाउने समय हो।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नयाँ काम वा नोकरीमा सुगम स्थानान्तरणको सम्भावना देखिन्छ। व्यापार, सेयर र उत्पादनमुखी क्षेत्रमा लगानीबाट आम्दानी बढ्नेछ। लगनशीलताले रोकिएका कामहरू अघि बढ्नेछन्। तर आफ्नै कमजोरीले समस्या निम्तिन सक्छ। नयाँ योजनामा जोखिम बढ्न सक्छ, र आफ्नै कारण अवसर गुम्ने सम्भावना पनि रहन्छ। विवेकपूर्वक निर्णय लिनु बुद्धिमानी हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    समय अनुकूल रहँदा आफन्त र दिदीबहिनीको सहयोग मिल्नेछ। व्यापार फस्टाउँदै आर्थिक अवस्था मजबुत हुनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ भने पतिपत्नीबीच समर्पण बलियो बन्नेछ। नसोचेको धन वा उपहार प्राप्त हुने सम्भावना छ। बोली प्रभावशाली बन्नेछ। यद्यपि, अपेक्षित नतिजा ढिला हुन सक्छ र सामान्य काममा पनि प्रयास गर्नुपर्नेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापारको सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ। व्यवसायमा लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ भने प्रविधिको प्रयोगले आम्दानी बढ्नेछ। अध्ययन, लेखन, गीत–संगीतमा रुचि बढ्नेछ र प्रतिभाको कदर हुनेछ। पारिवारिक सद्भाव बलियो बन्नेछ। माताको स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। प्रेम र मित्रताको सम्बन्ध मजबुत हुनेछ, साथै विशेष उपहार प्राप्तिको सम्भावना पनि छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ, ईर्ष्या गर्नेहरू पछि हट्नेछन्। न्यायिक निर्णय तपाईँकै पक्षमा जानेछ। पुराना ऋण र रोगबाट मुक्ति पाइनेछ। अध्ययन, उच्च शिक्षा र व्यापारमा सफलता मिल्नेछ। सेयर तथा कृषि क्षेत्रमा लगानीबाट भविष्यमा राम्रो नाफा सम्भव छ। सहयोगीहरूको साथले काम अघि बढ्नेछ। स्वास्थ्यमा सजगता जरुरी हुनेछ। मिहिनेतले आर्थिक र सामाजिक सफलता दिलाउनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    शिक्षा र शिक्षा सम्बन्धित व्यवसायबाट राम्रो आम्दानी हुने समय छ। बैंक तथा वित्तीय क्षेत्रमा जागिर र बढुवा सम्भावना छ। पढाइ–लेखनमा मन लाग्नेछ र अध्ययनका लागि यात्रा हुन सक्छ। भौतिक सम्पत्ति र विलासी वस्तु उपहार स्वरूप प्राप्त हुन सक्छ। व्यापार, पशुपालन र कृषिबाट पनि लाभ मिल्नेछ। तर स्वास्थ्य समस्याले काममा बाधा पुर्याउन सक्छ। सहयोगीहरूको कमी र असमझदारीले चुनौती थप्ने सम्भावना छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    भौतिक सम्पत्ति र सवारी साधनको प्रयोगबाट आम्दानी बढ्नेछ। आफन्त र आमाको साथले मन प्रसन्न रहनेछ। पढाइ, लेखन र खोजमूलक काममा यात्रा हुनेछ। कृषि र पशुपालनमा सफलता मिल्नेछ। राजनीतिकर्मीका लागि समय अनुकूल छ। तर, बेसुरो बोलाइले गोपनीयता भंग हुन सक्छ र साझेदारीमा समस्या आउन सक्छ। नयाँ योजना सुरु गर्न उपयुक्त समय पर्खनु बुद्धिमानी हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आट, साहस र पुरुषार्थले अधिकार स्थापित हुनेछन्। सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले भनाइ जनमानसमा पुर्‍याउन सकिनेछ। पढाइ–लेखनमा मन लागेर राम्रो नतिजा आउनेछ। प्रेम र छोटो यात्रामा सफलता मिल्नेछ। औद्योगिक क्षेत्र, ब्रोकर काम र सेयर बजारबाट नाफा हुनेछ। धैर्य र लगनशीलताले रोकिएका काम अघि बढ्नेछन् र नयाँ काम सुरु गर्ने मौका पनि मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com