मन्जुश्री फाइनान्सले ल्यायो ‘Insta Fund Transfer’ सेवा, अब निःशुल्क अन्तरबैंक रकमान्तर

मन्जुश्री फाइनान्सले ल्यायो ‘Insta Fund Transfer’ सेवा, अब निःशुल्क अन्तरबैंक रकमान्तर

सोमवार, असार ९ २०८२
सोमवार, असार ९ २०८२
  • मन्जुश्री फाइनान्सले ल्यायो ‘Insta Fund Transfer’ सेवा, अब निःशुल्क अन्तरबैंक रकमान्तर

    काठमाडौं/ मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो डिजिटल सेवा प्रवाहलाई थप सशक्त र ग्राहकमैत्री बनाउँदै ‘Insta Fund Transfer’ सेवा सुरु गरेको छ। अब ग्राहकहरूले मन्जुश्रीको मोबाइल बैंकिङ एप ‘मन्जुश्री स्मार्ट’ को Insta Fund Transfer भुक्तानी विकल्प प्रयोग गरी NPS मा आबद्ध बैंक तथा वित्तीय संस्थाहरूमा निःशुल्क अन्तरबैंक रकम ट्रान्सफर गर्न सक्नेछन्।

    images
    images

    डिजिटल बैंकिङको अनुभवलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यका साथ ल्याइएको यो सेवा ग्राहकहरूको दैनिक कारोबारलाई थप सहज बनाउने कम्पनीको विश्वास छ।

    मन्जुश्री फाइनान्स हाल देशभर २७ वटा शाखा र १ वटा विस्तारित काउन्टर मार्फत सेवा दिइरहेको छ। १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहक रहेको यस संस्थाले निक्षेपमा आकर्षक ब्याजदरकर्जामा सुलभ योजना प्रस्तुत गर्दै आएको छ। फाइनान्स क्षेत्रको अग्रणी संस्थाका रूपमा चिनिँदै आएको मन्जुश्रीले डिजिटल क्रान्तिमा पनि आफूलाई स्थापित गर्ने उद्देश्यसहित सेवा विस्तार गर्दै आएको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय