बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

शनिवार, असार ७ २०८२
शनिवार, असार ७ २०८२
  • images
    images
    बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
    images
    images

    काभ्रेपलाञ्चोक / यहाँको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६ को बजेट प्रस्ताव गरिएको छ । आज नगरसभाको १६औँ अधिवेशनको बैठकमा आउँदो आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । 

    नगरप्रमुख शान्तिरत्न शाक्यले वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख विमला सापकोटा दाहालले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन् । शाक्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको ज्ञान, सीप र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । 

    यस्तै नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्र रात्रिकालीन व्यवसाय सञ्चालनार्थ सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय गरिने तथा किसान परिचयपत्रलगायत व्यवस्था उल्लेख छ । 

    दाहालको आर्थिक विधेयकमा भने बनेपा नगरमा करको दायरामा नआएका करदाताको हकमा आर्थिक वर्ष २०७४र७५ लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिने उल्लेख गरिएको छ ।

    बिहीबार धुलिखेल नगरले आफ्नो १७ औँ सभामा रु एक अर्ब १८ करोड ४८ लाख ५० हजार बराबरको बजेट पारित गरेको थियो । 

    सो सभामा विनियोजन विधेयक २०८२ का साथै वार्षिक नीति तथा कार्यक्रम २०८२, आर्थिक विधेयक २०८२, धुलिखेल नगरको स्थिति समीक्षा २०८२ र धुलिखेल नगरको लेखा समिति गठन र सञ्चालन नियमावली २०८२, धुलिखेल नगरको जग्गा विकास निर्देशिका २०७८ संशोधन २०८२, धुलिखेल नगरपालिकाको ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ संशोधन २०८२, न्यायिक समितिको वार्षिक प्रतिवेदनसमेत पारित गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com