आज वि.सं.२०८२ साल आषाढ ७ गते, शनिबार, तदनुसार ईश्वी सन् २०२५ जुन २१ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, एकादशी तिथी, अश्विनी नक्षत्र, आनन्दादिमा–सौम्य योग, चन्द्रराशि–मेष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
फुर्सदको समयलाई सदुपयोग गर्दै सामाजिक कार्यमा संलग्न हुने वातावरण बन्नेछ, जसले मान–सम्मान र प्रतिष्ठामा वृद्धि ल्याउनेछ। आर्थिक दृष्टिले खाद्यान्न, अटो र निर्माण सामग्रीको व्यापारमा उल्लेखनीय सुधार देखिनेछ। पुराना समस्या समाधान हुने संकेत देखिन्छ। नयाँ कामको प्रस्ताव, सहयोगीको साथ र व्यक्तित्व विकासका अवसरहरू प्राप्त हुनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्यता र कार्यकुशलताबाट अरूको मन जित्दै आर्थिक समस्या समाधान गर्न सकिनेछ। व्यापारमा विस्तार हुने संकेत छ भने धार्मिक तथा शैक्षिक यात्राको सम्भावना पनि प्रबल देखिन्छ। अध्ययन, अनुसन्धान र मनोरञ्जनमा समय लगाउनेलाई सफलता मिल्नेछ। तर, खर्चमा सावधानी अपनाउनुहोस्। कर्जा, धोका वा अपिरिचितप्रतिको विश्वासले समस्या निम्त्याउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा केही मन्दी देखिए पनि मेहनत र लगनशीलताले आयस्रोत सुधारिनेछ। पारिवारिक मनमुटाव र स्वास्थ्यमा सावधानी आवश्यक छ। धार्मिक वा पर्यटकीय भ्रमणले मानसिक सन्तुलन मिलाउनेछ। परोपकारी कार्यले आत्मसन्तुष्टि दिनेछ भने पुरानो लगानीबाट लाभ प्राप्त हुनेछ। समयको सदुपयोगले व्यवसायमा फड्को मार्न सकिनेछ र धन सञ्चयको अवसर जुर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्त र प्रियजनसँगको भेटघाटले मन रमाउनेछ भने सानो लगानीले पनि व्यापारमा लाभ मिल्नेछ। मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। यात्रा वा सवारी प्रयोगमा सावधानी आवश्यक छ। सामाजिक कार्यले नाम र प्रतिष्ठा बढाउनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। धैर्य, पारदर्शिता र अध्यात्ममा केन्द्रित जीवनशैलीले भविष्य उज्यालो बनाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धामा विजय हासिल गर्दै विद्या र व्यापारमा सफलता प्राप्त हुनेछ। शत्रु, ऋण र रोगबाट छुटकारा मिल्नेछ भने मावली पक्षको सहयोगले आत्मबल बढ्नेछ। यात्रा, मनोरञ्जन र खानपानमा रमाइलो समय बित्नेछ। राजनीतिक र सामाजिक क्षेत्रको प्रभाव बढ्नेछ। साझेदारी व्यापारबाट लाभ हुनेछ, तर नैतिकता जोगाउँदै सजग रहनु आवश्यक छ। श्रमको मूल्यांकन भए पनि प्रतिफलमा धैर्य गर्नु पर्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वंश वृद्धिको सम्भावना रहनुका साथै परिवार र सन्तानको प्रगतिले मन प्रसन्न हुनेछ। बौद्धिक क्षेत्रमा लगानीले आर्थिक लाभ दिलाउनेछ। रमाइलो यात्रा, उपहार प्राप्ति, र माङ्गलिक कार्यक्रममा सहभागिता हुने योग छ। यद्यपि, व्यापारमा नयाँ निर्णय नलिइ तटस्थ भई अघि बढ्नु उपयुक्त हुनेछ। समस्या दोहोरिन सक्छ, तर मिहिनेतले दीर्घकालीन लाभ दिलाउनेछ। स्वास्थ्य र व्यवहारमा विशेष ध्यान दिनुहोस्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राजनीतिकर्मी र समाजसेवीका लागि समय केही चुनौतीपूर्ण देखिन्छ, जनसमर्थन कम हुन सक्छ। घर(जग्गा र सवारीसम्बन्धी विवादको सम्भावना रहेकाले सतर्क रहनुहोस्। पारिवारिक मनमुटाव र प्रेम सम्बन्धमा असमझदारी हुन सक्छ। यद्यपि, मिहिनेतले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। धन प्राप्ति, प्रतिष्ठा र जीवनसाथीको सहयोगले आत्मबल बढाउनेछ। रचनात्मक काम र भौतिक साधन प्राप्तिको राम्रो सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै मेहनत र लगनशीलताले व्यवसायमा उल्लेख्य फड्को मार्न सकिनेछ। प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन्, र तपाईँको नाम अग्रस्थानमा आउनेछ। प्रविधिको प्रयोगले जनसम्पर्क विस्तार हुनेछ भने अध्ययन वा कामका सिलसिलामा यात्रा हुने योग छ। व्यापारमा आम्दानीको नयाँ स्रोत खुल्नेछ। नोकरीमा चुनौतीको नेतृत्व गर्नुपर्ला, तर सम्मान र अधिकार प्राप्त हुनेछ। खर्चमा नियन्त्रण आवश्यक भए पनि आर्थिक लाभदायक काम सुरू गर्ने अनुकूल समय रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभ चन्द्रमाको प्रभावले बन्द व्यापारबाट आम्दानी हुने योग छ। सापटी दिएका रकम फिर्ता आउनेछन् र आफन्तको सहयोगले उपलब्धिमूलक काम सम्पन्न हुनेछ। बोलीकै भरमा प्रतिष्ठित कार्य हातलागी हुनेछ भने पारिवारिक यात्रामा मिष्टान्न भोजनको अवसर मिल्नेछ। बुद्धि र लगनशीलताले सफलता प्राप्त हुनेछ, बेरोजगारले रोजगारी पाउनेछन्। यद्यपि, छिटो लाभको आशामा जोखिम नलिनुहोस्। नयाँ काममा हात हाल्नुअघि सोचविचार गर्नु उपयुक्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले बौद्धिक स्तर फराकिलो बनाउनेछ। राजनीति र समाजसेवामा पद प्राप्ति सम्भावना प्रबल छ। व्यापारबाट मनग्गे धन आर्जन हुने र उपहार पनि प्राप्त हुनेछ। रचनात्मक कार्यमा रुचि बढ्नेछ। निर्णय लिनुभन्दा शुभचिन्तकको सल्लाह लिनु उपयुक्त हुन्छ। तर, आश्वासन दिनेहरूले झुक्याउन सक्छन् र तत्काल प्रतिफल नआउन सक्छ। सम्झौता तोड्नुपर्ने अवस्था आउन सक्छ भने, अन्योलमा मान्यजनको सुझावले सामान्य लाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय मध्यम रहेकोले स्वास्थ्य समस्या र खर्च बढ्ने सम्भावना छ। पढाइमा ध्यान नदिँदा पछि परिनेछ। तर विदेशी सामानको व्यापारबाट मनग्गे धन आर्जन हुनेछ। विदेशी भूमिमा अध्ययन वा काम गर्नेहरूलाई समयले साथ दिनेछ। आर्थिक पक्षलाई ध्यानमा राखेर व्यापार निर्णय लिनुहोस्। परीक्षामा सफलता मिल्नेछ। पारिवारिक तनावले मन विचलित पार्न सक्छ। योजना बनाएर काम गर्दा दीर्घकालीन लाभ हुनेछ। प्रतिस्पर्धीलाई परास्त गर्दै मिहिनेतले अवसर र सहयोग जुटाउनेछ। सेवामूलक कार्यले प्रतिष्ठा र धनलाभ प्रदान गर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरपरिवार र समाजमा तारिफयोग्य कामले चर्चा बटुलिनेछ। पैतृक सम्पत्तिको सदुपयोगबाट आम्दानी बढ्नेछ। थोरै लगानीले पनि व्यापारमा मनग्गे नाफा कमाउन सकिनेछ। पढाइमा थोरै समय दिएर सफलता प्राप्त हुनेछ। यात्रा र मनोरञ्जनका अवसर पनि मिल्नेछन्। सन्तानको चिन्ता रहन्छ भने स्वास्थ्यमा सजगता आवश्यक छ। आलोचकबाट सावधान रहनुपर्छ। आर्थिक कारोबार लाभदायक हुनेछ, तर खर्च बढ्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ।