हिमालयन एभरेष्टद्वारा सिन्धुपाल्चोकको ग्रामिण कृषकहरुलाई बीमा सचेतना कार्यक्रम

हिमालयन एभरेष्टद्वारा सिन्धुपाल्चोकको ग्रामिण कृषकहरुलाई बीमा सचेतना कार्यक्रम

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    हिमालयन एभरेष्टद्वारा सिन्धुपाल्चोकको ग्रामिण कृषकहरुलाई बीमा सचेतना कार्यक्रम
    images
    images

    हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाको आयोजनामा हिजो असार ५ गते जिल्लाकै साँगाचोकगढी नगरपालिका–४, कुविण्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।

    कुविण्डे दुग्ध संकलन केन्द्रमा आवद्ध करिब २० जना कृषकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बीमाको महत्व, प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध निर्जीवन बीमालेखहरूबारे जानकारी प्रदान गरिएको थियो ।


    कार्यक्रमको उद्देश्य ग्रामीण तथा कृषक समुदायमा बीमाप्रति जनचेतना अभिवृद्धि गर्दै जोखिम व्यवस्थापनमा उनीहरूको पहुँच सुलभ बनाउनु रहेको थियो ।

    कार्यक्रममा कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकको जीवनस्तर उकास्न बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै, बीमाको पहुँच विस्तार गर्दै दाबी प्रक्रिया सरल र सहज बनाउन बीमा कम्पनीहरू अझ बढी सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे । 

    हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनहरूमा पनि अन्य स्थानीय तहमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com