इरान–इजरायल तनावबीच एनआरएनएद्वारा २४ घण्टे हटलाइन सेवा सञ्चालन

इरान–इजरायल तनावबीच एनआरएनएद्वारा २४ घण्टे हटलाइन सेवा सञ्चालन

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • इरान–इजरायल तनावबीच एनआरएनएद्वारा २४ घण्टे हटलाइन सेवा सञ्चालन

    काठमाडौँ / इरान र इजरायलबीच पछिल्ला दिनमा चुलिँदो तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुवै देशमा रहेका नेपाली नागरिकका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ।

    images
    images

    सङ्घले आपतकालीन अवस्थामा नेपाली नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन सेवा सुरु गरिएको जानकारी दिएको छ। 

    अब इरान वा इजरायलमा कार्यरत तथा बसोबास गरिरहेका नेपालीहरूले कुनै आपत परिस्थिति वा सहायता आवश्यक परेमा सीधा सम्पर्क गर्न सक्नेछन्। संघले सञ्चालनमा ल्याएका हटलाइन नम्बरहरू ९८०१८६११२३ र ९८०१८६११०६ हुन् । 

    गैरआवासीय नेपाली संघले स्थानीय सरकार र सम्बन्धित देशका नेपाली दूतावासको निर्देशनको पालना गर्न, सतर्क रहन तथा सुरक्षित स्थानमा बस्नसमेत आग्रह गरेको छ।

    संघले यस्ता जटिल परिस्थितिमा नेपाली समुदायको सुरक्षा सुनिश्चित गर्न निरन्तर अनुगमन र सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय