बेल्जियमका नेपालीहरूले राजदूत सेवा लम्साललाई के दिए सुझाव ?

बेल्जियमका नेपालीहरूले राजदूत सेवा लम्साललाई के दिए सुझाव ?

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    बेल्जियमका नेपालीहरूले राजदूत सेवा लम्साललाई के दिए सुझाव ?
    images
    images

    ब्रसेल्स / ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम्  समाजका अगुवाहरूसँग अन्तरक्रिया गरेको छ । बेनेलक्स एवम् युरोपेली संघका  लागि नेपाली राजदुत नियुक्त भएर तीन महिना अघि कार्यभार सम्हाल्न आएकी पूर्वपरराष्ट्र सचिव सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस्  भनेर नेपाली समुदायको सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन् ।

    डायस्पोराका संघसंस्थासँग विशेष गरि चारवटा बुँदा ‘नेपालमा पर्यटन प्रबर्धन एवम पर्यटकीय गन्तब्यको प्रभावकारी प्रचारप्रसार, नेपालमा लगानी भित्र्याउन दूतावासले खेल्नु पर्ने भूमिका, बेल्जियममा उपलब्ध रोजगारीका अवसर र चुनौती, दूतावासको सेवा प्रवाहलाई सरलीकृत गर्न  के कस्ता उपाय अपनाउन सकिन्छ ?’ भन्ने बारेमा सुझाव  मागिएको थियो ।

    अन्तरक्रियामा उपस्थित नेपाली समुदायका अगुवा तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूले बेल्जियममा बिसौ बर्षदेखि  भोग्दै आएका समस्या र समाधानका लागि व्यावहारिक उपाय र कूटनीतिक पहल, लगानी र पर्यटन प्रबर्धनका लागि नेपाल सरकारले गर्नुपर्ने र सुधार्नु पर्ने नीतिनियम एवं  युरोपको श्रम बजारमा नेपाली जनशक्तिको पहुँचका लागि गर्न सकिने कामलगायत एनआरएन नागरिकता, दोश्रो पुस्तालाई नेपालसँग जोड्नका लागि पहल, भिसा सम्बन्धि समस्या,  हवाई यातायात समस्या, युरोपमा नेपाली वायु सेवा कम्पनिहरू माथि लगाइएको प्रतिबन्ध फुकुवाको पहल साथै योग, ध्यान, नेपाली परिकार, कला संस्कृतिमार्फत नेपालको  प्रबर्धन गर्ने लगायतका सुझावहरू दिएका थिए ।

    यसैगरी सहभागीहरूले दूतावासको सेवा सुविधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग, सेवाग्राहीलाई सेवा सम्बन्धि सचेतना जगाउन कार्यक्रम, पर्यटन गन्तव्यको रूपमा नेपाललाई प्रवर्धन गर्न बेल्जियमका मिडियाहरूमा प्रचारप्रसार, नेपाली व्यावसायिक संस्था (रेस्टुरेन्ट, पसल) हरूमा नेपाल झल्काउने सामग्री वितरणको व्यवस्था, नेपाल फेस्टिबल, फूड फेस्टिबल गरिरहेका नेपाली संघसंस्थाहरूसंग सहकार्य र प्रोत्साहन, नेपाली मूलका बालबालिकाहरूलाई नेपाली  भाषा सिकाउन  पाठ्यपुस्तक र परिक्षाको ब्यवस्था, आफ्ना नजिकका बेल्जिक साथीहरूलाई नेपालको भ्रमणमा जान प्रोत्साहन गर्ने लगायतका दूतावास र नेपाली समुदायले गर्न सक्ने थुप्रै विषयमा सुझाव दिएका थिए ।

    नेपाली दूतावास बेल्जियमका तृतीय सचिव रमेश गैरेले सहजीकरण गरेको अन्तर्क्रिया कार्यक्रममा राजदूत लम्सालले सबै सहभागीहरूलाई स्वागत गरिन् ।
      
    उनले आफ्नो बेल्जियम आगमनको १२० दिन मात्र पुगेको भए पनि आफु दशकौंदेखि  बेल्जियमको वस्तुस्थितिबारे जानकार रहेको बताइनन् ।

    उनले प्रवासमा बसेर पनि नेपाल र नेपालीको हितका लागि निस्वार्थ सेवा गरि रहेका नेपाली संघ संस्था तथा अगुवाहरूको प्रशंसा गर्दै छलफलबाट प्राप्त सुझावहरू कार्यपुस्तिका बनाएर राख्ने र सोहीअनुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

    उनले नेपालमा लगानीका लागि व्यवसायीहरू, नेपालको प्रचारप्रसारका लागि संचारकर्मीहरू, रोजगारीका लागि पेशाकर्मी तथा संस्थाहरू, भाषा साहित्य र कलासंस्कृतिको प्रवर्द्धन एवम् प्रचार प्रसारका लागि कलाकार, साहित्यकार, जातीय तथा सांस्कृतिक संस्थाहरूलाई दूतावाससँग सहकार्य गर्न अनुरोध गरिन् ।

    कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव रूस कार्की, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएनए बेल्जियमका पूर्व अध्यक्षहरू एवं  केन्द्रीय पदाधिकारीहरू पीजी शेर्पा, गंगाधर गौतम, लोक दाहाल, चित्र सुवेदीका साथै बेल्जियमस्थित सांस्कृतिक, सामाजिक, क्षेत्रीय संघसंस्थाका पदाधिकारीहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com