सांसद थापाले च्याते संसदभित्रै बजेटको रातो किताब

सांसद थापाले च्याते संसदभित्रै बजेटको रातो किताब

बिहिवार, असार ५ २०८२
बिहिवार, असार ५ २०८२
  • सांसद थापाले च्याते संसदभित्रै बजेटको रातो किताब

    काठमाडौँ /  नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेटको रातो किताब सदनमै च्यातेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै उनले बजेट पुस्तिका सदनमै च्यातेका हुन् ।

    images
    images

    उनले भने, ‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन । अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन । एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु ।’

    भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखलाई सम्बोधन गर्न नसकेको उनको गुनासो छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय