अब भिजिट भिसामा जुनसुकै देश जान अनलाइनबाटै आवेदन दिन मिल्ने

अब भिजिट भिसामा जुनसुकै देश जान अनलाइनबाटै आवेदन दिन मिल्ने

बिहिवार, असार ५ २०८२
बिहिवार, असार ५ २०८२
  • अब भिजिट भिसामा जुनसुकै देश जान अनलाइनबाटै आवेदन दिन मिल्ने

    काठमाडौँ / नेपाली  युवाहरुले नेपालकै पहिलो अनलाईन भिसा एप्लिकेसन पोर्टल सञ्चालनमा ल्याएका छन् । ट्राभल ब्यावसायमा झण्डै एक दशक यता निरन्तर क्रियाशिल यूवा उद्यमीहरुले भिसा आवेदनका लागि अनलाईन पोर्टल निर्माण गरि सञ्चालनमा ल्याएका हुन् । 

    images
    images

    नेपालबाट भिजिट भिसामा विश्वको जुनसुकै देशमा जानको लागि www.nepextravels.com को वेभसाईटमा गएर भिसा आवेदन दिन सकिन्छ । 

    “नेपालबाट कुनै पनि देश जानका लागि वा कुनै पनि देश बाट नेपाल आउनका लागि भिसा आवेदन दिन सकिने यो पोर्टलले भिसा आवेदनका क्षेत्रमा रहेका धेरै समस्याहरुको पूर्ण समाधान गरेको छ ।” नेपएक्स ट्राभल्सका संस्थापक संगम सिंह भन्छन्, “हामीले कुनै पनि देशको भिसा आवेदन केहि क्लिकमा सजिलै दिन सकिने गरि पोर्टलको निर्माण गरेका छौं ।”

    भिसा आवेदनका लागि आवश्यक पर्ने डकुमेन्ट चेक लिस्ट, ट्राभल आईटिनरी, एअरलाईन्स टिकट रिजर्भेसन नेपेक्सको अनलाईन पोर्टलबाट सजिलै तयार गर्न सकिनेछ भने र आवश्यक फि तथा सर्भिस चार्ज समेत अनलाईनबाटै तिर्न सकिन्छ ।

    नेपालबाट भिजिट भिसामा विश्वको जुनसुकै देशमा जानको लागि www.nepextravels.comको वेभसाईटमा गएर भिसा आवेदन दिन सकिन्छ । तर यसको प्रभाव नेपाल आउने पर्यटकका लागि बढी हुने उनले बताए । 

    नेपाल आएर अध्यागमनको लामो लाईनमा बसेर भिसा आवेदन दिई भिसा फि तिर्नुपर्ने ठूलो झञ्जटबाट यसले मुक्ति दिलाउने सिंहको दावी छ । 

    नेपाल आउने कुनै पनि देशका पर्यटकले नेपएक्सट्राभल्स डट कम मार्फत इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन ९इटिए० लिएर सजिलै नेपाल प्रवेश गर्नसक्नेछन् । 

    यसरी नेपएक्सट्राभल्स डट कमबाट इटिए लिंदा शुल्क समेत अनलाईनबाटै तिर्न सकिन्छ भने, अध्यागमनमा अधिकारीले विन झन्जट भिसा प्रिन्ट गरेर प्रवेश अनुमति दिनेछन् ।

    यसले नेपालमा पर्यटन आउँदा नेपालको पहिलो अनुभव राम्रो दिलाउने मात्र होईन लामो यात्रा गरेर आएका पर्यटकलाई समय समेत बचत गराउनेछ ।

    नेपएक्स ट्राभल्सका संस्थापक सिंह भन्छन्, “यो पोर्टलले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो मद्धत पुर्याउने हाम्रो विश्वास रहेको छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय