बिहीबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?

बिहीबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?

बिहिवार, असार ५ २०८२
बिहिवार, असार ५ २०८२
  • images
    images
    बिहीबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?
    images
    images

    आज वि.सं.२०८२ साल आषाढ ५ गते, बिहीबार तदनुसार इस्वी सन् २०२५ जुन १९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, अष्टमी तिथी, आनन्दादिमा-छत्र योग, चन्द्रराशि-मीन ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आम्दानीभन्दा खर्च बढ्नाले आर्थिक दबाव बढ्नेछ। खानपान र व्यवहारमा लापरवाहीले स्वास्थ्य र सम्बन्धमा असर पार्न सक्छ। विदेश यात्रा र कार्यका लागि समय अनुकूल रहला। रोकिएका काम अघि बढ्नेछन्, सेयर बजारबाट लाभ मिल्ने सम्भावना छ। खर्चमा सावधानी अपनाउनुपर्छ। व्यवसायमा लगानी बढ्न सक्छ, पुराना कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    साथीभाइ, इष्टमित्र र जीवनसाथीको सहयोगले राम्रा उपलब्धि हासिल हुनेछन्। व्यापार, शिक्षा, र सेयर बजारबाट लाभ मिल्नेछ। पिताको साथले व्यवसायमा प्रगति हुनेछ। नयाँ जिम्मेवारीसँगै अवसर बढ्नेछन्। पैतृक सम्पत्तिको सदुपयोगले आम्दानी बढ्नेछ। श्रमको मूल्य पाइनेछ। सञ्चित धन र लगानीबाट सोचेभन्दा बढी लाभ मिल्ने सम्भावना छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    अध्ययन, यात्रा र जागिरमा प्रगति हुने संकेत छ। राज्य सेवा तथा प्रतिष्ठित काममा संलग्न हुने अवसर मिल्नेछ। शुभचिन्तकको सल्लाहले सहयोगी भूमिका खेल्नेछ। व्यापार र शेयर बजारमा लगानी लाभदायक हुनेछ। सामाजिक नेतृत्व प्राप्त हुने सम्भावना छ। प्रतिष्ठा, दाम, इनाम जुट्नेछ। एक प्रयासले जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ। पुराना हिसाब मिलाउन ध्यान दिनुहोस्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    सामाजिक र परोपकारी काममा संलग्न भइनेछ। सरकारी काम समयमा सम्पन्न हुनेछन्, नयाँ काममा उत्साह बढ्नेछ। अध्ययन, शोध, र धार्मिक यात्राका सम्भावना छन्। वित्तीय लगानी लाभदायक हुनेछ। यद्यपि कार्यक्षेत्रमा आलस्य नगर्नुहोस्, स्वास्थ्यमा ध्यान दिनुहोस्। चुनौतीपूर्ण जिम्मेवारीले थकाउनेछ, तर दीर्घकालीन फाइदा मिल्नेछ। मिहिनेतको तत्काल फल नआए पनि भविष्यका लागि आधार बलियो बन्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    भौतिक सम्पत्ति वा सवारीसाधन खरिद–बिक्रीमा सावधानी आवश्यक छ, अप्रिय घटना हुन सक्ने सम्भावना छ। खानपानमा लापरवाहीले स्वास्थ्यमा असर पुर्याउन सक्छ। घरेलु विवाद र आफन्तबीच मनमुटाव बढ्न सक्छ। साझेदारी व्यापार लाभदायक हुनेछ। नोकरीमा खुलेर कुरा राख्नुपर्छ। समस्या दोहोरिन सक्छ तर शुभचिन्तकको सहयोग मिल्नेछ। मिहिनेतले दीर्घकालीन फाइदा ल्याउनेछ। गोपनीयता र विश्राममा ध्यान दिनुहोस्।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार, उद्योग र सेयर बजारमा लगानीबाट मनग्य लाभ मिल्नेछ। साझेदारी व्यवसाय फाइदाजनक हुनेछ भने व्यापारकै सिलसिलामा यात्रा तय हुनेछ। भौतिक सम्पत्ति र विलासी उपहार प्राप्त हुनेछन्। पढाइमा प्रतिस्पर्धी पछि पर्नेछन्, नोकरी र पदोन्नतिको योग बलियो छ। व्यस्त जीवनशैली भए पनि सुमधुर सम्बन्ध र आत्मसम्मानमा ध्यान दिनुहोस्। चुनौतिका बीच सफलता सम्भव छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    न्यायिक निर्णय र प्रतिस्पर्धामा सफलता मिल्नेछ। व्यापार र सेयर लगानी फस्टाउँदा आर्थिक समस्या हल हुनेछन्। ऋण र रोगबाट छुटकारा पाइनेछ। सानो प्रयासले ठूलो प्रभाव पार्न सकिनेछ। कार्यमा ढिलाइ भए पनि मिहिनेतले लक्ष्यमा पुगिन्छ। गोप्य योजना अघि बढाउँदा फाइदा हुनेछ। स्वास्थ्य सबल रहनुका साथै चुनौती पार गरी सफलता मिल्नेछ। लामो यात्रामा खर्च हुन सक्छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    बौद्धिक क्षमता बढ्नेछ, सिर्जनात्मक काममा सफलता मिल्नेछ। अध्ययन–अध्यापन र यात्राका अवसर जुट्नेछन्। पारिवारिक वातावरण रमाइलो हुनेछ, उपहार तथा विलासी वस्तु प्राप्त हुनेछन्। सन्तानको प्रगति देखेर मन प्रसन्न हुनेछ। शिक्षा र सीपमा सुधार आउँनेछ। यद्यपि स्वास्थ्यमा लापरवाही नगर्नुहोस्। योजनामा अलमल हुन सक्छ, तर बुद्धिको उपयोगले फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय पर्खनु उपयुक्त हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आफन्त टाढिएर आमासँग यात्रा गर्दा मन खिन्न हुनेछ। सवारी र जग्गा सम्बन्धी काममा सावधानी आवश्यक छ। राजनीति र समाजसेवामा जनताको समर्थन पाइनेछ। अध्ययनमा मन नलाग्दा पछि पर्ने खतरा छ। कृषि र पशुपालन फस्टाउनेछन्। शुभचिन्तक र इष्टमित्रको सहयोगले रोकिएका काम अघि बढ्नेछन्। आयस्रोत राम्रो भएर आवश्यक वस्तु जुट्नेछ। निर्णयमा ढिलाइले समस्या आउन सक्छ। मान्यजनको मन जित्न ध्यान दिनुहोस्।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    उद्योग, सेयर बजार र व्यापारबाट मनग्गे धन आर्जन हुनेछ। खेलकुद र पराक्रमी क्रियाकलापमा सफलता मिल्नेछ। अध्ययनमा मन लाग्दा राम्रो नतिजा आउनेछ। दाजुभाइ र छिमेकीको साथ पाइनेछ। लेखन, साहित्य र सामाजिक सञ्जालमा रुचि बढ्नेछ। नयाँ जिम्मेवारी भए पनि संघर्ष पछि फाइदा हुनेछ। व्यवसायमा फड्को मर्ने समय छ, संगीत र कलामा पनि सफलता मिल्नेछ। मिहिनेतले दिगो लाभ दिनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    धन भावमा शुभ चन्द्रमाले व्यापार र सेयर लगानीबाट आम्दानी बढ्नेछ। बोलेरै धन आर्जन गर्न सकिनेछ। आफन्तसँग रमाइलो यात्रा र मिष्टान्न भोजनको अवसर मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ र सोचेको कार्य सफल हुनेछ। सानो प्रयासले लक्ष्य सजिलै प्राप्त हुनेछ। आवेशबाट निर्णय गर्दा समस्या आउन सक्छ, मौन रहनु राम्रो हुन्छ। बुद्धिमानी व्यवहारले फाइदा दिलाउनेछ, ठूलो आशावादीबाट सावधान रहनुहोस्।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    नयाँ कामको प्रस्ताव आउनेछ र वर्तमान कामबाट मनग्गे धन आर्जन हुनेछ। राजनीति र समाजसेवामा जनताको समर्थन पाइनेछ। अध्ययनमा सफलता मिल्नेछ र सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ। पुँजी बजार र वैदेशिक रोजगार लाभदायक हुनेछ। स्वास्थ्यमा सचेत रहनुपर्छ। मिहिनेतले सफल कार्य सम्पन्न हुनेछ। परिवारजनसँग रमाइलो भेटघाट हुनेछ र जीवनशैलीमा सुधार आउनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com