छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ

बुधवार, असार ४ २०८२
बुधवार, असार ४ २०८२
  • images
    images
    छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ
    images
    images

    काठमाडौँ  छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । छिमेक लघुवित्त वित्तिय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागि मङ्गलबारबाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।

    कम्पनीले बोलकबोल माध्यमबाट छिमेक लघुवित्त वित्तिय संस्थाको लागि सेयरको न्यूनतम् मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकेको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम् ५० हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

    आवेदन आगामी असार १० गतेभित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिनेछ ।

    सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ/संस्था, कम्पनी भएमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com