काठमाडौँ / प्रभु बैंक लिमिटेडमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीका लागि मङ्गलबारदेखि सिलबन्दी बोलपत्र खुला गरेको हो ।
कम्पनीले बोलकबोल माध्यमबाट सेयरको न्यूनतम् मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकेको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम् १,००० कित्ताको लागि आवेदन दिन सकिनेछ ।
आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ ।
सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ/संस्था, कम्पनी भएमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र विगत दुई आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।