एभरेष्ट बैंकले चिनो हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन गर्ने

एभरेष्ट बैंकले चिनो हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन गर्ने

बुधवार, असार ४ २०८२
बुधवार, असार ४ २०८२
  • images
    images
    एभरेष्ट बैंकले चिनो हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन गर्ने
    images
    images

    काठमाडौँ / एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । 

    उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरे । 

    मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित परियोजना हो । सो परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपिसी मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानी स्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ । 

    उक्त परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबिच विद्युत खरिद बिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।

    पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारीमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेको र देशैभरी १३२ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, २६७ एटिएम छन् । 

    विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com