रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा
    images
    images

    काठमाडौँ / काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ ।

    मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा छोड्ने आदेश दिएको हो । काठमाडौँको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको आन्दोलन हिंसात्मक भएपछि मिश्र पक्राउ परेका थिए । मिश्रमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसूरमा मुद्दा दर्ता भएको थियो ।

    मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने हिजो बेलुका तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com