सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरका लागि आवेदन दिने आज अन्तिम दिन

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरका लागि आवेदन दिने आज अन्तिम दिन

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरका लागि आवेदन दिने आज अन्तिम दिन
    images
    images

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर  खरिदकालागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि हाल सम्म कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँबराबरको १ः०.२७ अनुपातमा १०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

    हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेको थियो । त्यसैले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले कम्पनीको पुतलीसडक कार्यालय , कम्पनीको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी शाखा कार्यालय, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com