नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागी हुँदैछन् ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागी हुँदैछन् ?

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागी हुँदैछन् ?
    images
    images

    काठमाडौँ / नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन २१ देखि २५ सम्म काठमाडौँमा आयोजना हुँदैछ । एक्स्पोको तयारी स्वरूप नाइमाले सोमबार ती ब्राण्डहरूका लागि स्टल बाँडफाँडको कार्य सम्पन्न गरेको छ ।  

    जसमा चारपांग्रे र दुईपांग्रे गरी विभिन्न ५० ब्राण्डहरूले उत्साहजनक सहभागिता जनाउँदैछन् । नाइमाका अनुसार नयाँ र पुराना गरि ५० वटा ब्रान्डले शोमा सहभागिता जनाउन लागेका छन् । प्यासेन्जर गाडीमा बिवाइडी, सिट्रोन, फोर्थिङ, जीडब्लूएम, भोल्ट्स, हुन्डाई, कायी, किया, लिपमोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोड़ा एण्ड जेको, प्युजो, प्रोटोन, रेनोल्ट, टोयोटा, फक्सवागन र जिकर रहेका छन् ।

    यस्तै, दुई पाङ्ग्रे गाडीमा एम्पेयर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयु, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबुट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभोइलेटी, याडिया र जिहो रहेका छन् । लाइट कमर्सियलमा चेरी वाङ्दा, डोडफेड, फरीजोन, हावजी, कामा, क्यारी, किडलड़ र सुनलड़ रहेका छन् ।

    नेपालका प्रमुख अटोमोबाइल उद्योगका ब्राण्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले आफुहरू अत्यन्तै हर्षित र उत्साहित भएको भन्दै स्टल बुकिङको कार्य सकिए पश्चात अब प्रदर्शनीतर्फ नाइमाको ध्यान केन्द्रित भएको अध्यक्ष रितु सिंह बैद्यले बताइन् ।

    यस एक्स्पोले परम्परागत प्रदर्शनीहरूको ढाँचामा नविनता थप्नुका साथै बजारमा उपभोक्ता र अटोमोबाईल व्यवसायीहरूलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढंगले प्रस्तुत गर्ने अवसर पाउने बताइएको छ । प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रा.लि.ले गर्ने नाइमाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com