सरकारी जागिर खाएका सव इन्जिनियर एउटा नक्कली प्रमाण पत्रले अख्तियारको फन्दामा

सरकारी जागिर खाएका सव इन्जिनियर एउटा नक्कली प्रमाण पत्रले अख्तियारको फन्दामा

सोमवार, असार २ २०८२
सोमवार, असार २ २०८२
  • images
    images
    सरकारी जागिर खाएका सव इन्जिनियर एउटा नक्कली प्रमाण पत्रले अख्तियारको फन्दामा
    images
    images

    काठमाडौं/  नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति सरकारी लिएको अभियोगमा दिपेन्द्र कुमार झा भनिने दिपेन्द्र कुमारविरुद्ध अख्तियार दुरुपयोग आयोगको फन्दामा परेका छन् । आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र सकित मुद्दा दायर गरेको हो । 

    उनी सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सव– इन्जिनियर (प्राविधिक सहायक) पदमा कार्यरत थिए । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार झाले सव–इन्जिनियर पदमा करार नियुक्ति लिने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ संस्थान, पश्चिमाञ्चल क्याम्पस, पोखराबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ पास गरेको भनी नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट पेश गरेका थिए।

    अनुसन्धानको क्रममा ती प्रमाणपत्रहरू नक्कली भएको पुष्टि भएको छ । 

    आयोगले झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कैद र जरिवाना सजाय मागदाबी गर्दै आरोपपत्र दर्ता गरेको हो।

    विशेष अदालत काठमाडौंमा आज दायर गरिएको उक्त आरोपपत्रमा झाले ओहोदा, लाभ र सुविधा प्राप्त गर्न नक्कली प्रमाणपत्रको प्रयोग गरेको  सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com