आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

सोमवार, असार २ २०८२
सोमवार, असार २ २०८२
  • images
    images
    आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले सावर्जनिक सूचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो ।

    “साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि, ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० (रुपैयाँ दश) तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याउन ल्याइएको राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ ।

    नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ । नोटका तल्लो भागको बोर्डरमा नोटको क्रम नम्बर नेपालीमा वि.स. २०८१ लिखिएको हुनेछ ।

    त्यसैगरी, नोटको पृष्ठ भागमा भने नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको हुनेछ ।

    मध्य भागमा कृष्णसारको चित्र रहेको हुनेछ, तल्लो भागको बोर्डरमा अंग्रेजीमा दश रुपैयाँ लेखिएको हुनेछ । नोटको तल्लो भागको बोर्डरमा नोटको क्रम सङ्ख्या अंग्रेजीमा सन् २०२४ मा लेखिएको हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com