महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सव सम्पन्न, ३६ जना कर्मचारीहरूलाई सम्मान

महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सव सम्पन्न, ३६ जना कर्मचारीहरूलाई सम्मान

आइतवार, असार १ २०८२
आइतवार, असार १ २०८२
  • images
    images
    महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सव सम्पन्न, ३६ जना कर्मचारीहरूलाई सम्मान
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरूलाई एक विशेष कार्यक्रमसहित सम्मान गरिएको छ । 

    बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्षसम्म निरन्तर रूपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्त्वपूर्ण सेवा तथा योगदान पु-याए बापत ३६ जना कर्मचारीहरूलाई काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्मान गरिएको हो ।  

    विभिन्न शाखा कार्यालयहरू तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका उक्त कर्मचारीहरूलाई बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन् । 

    उक्त कार्यक्रममा सञ्चालक समिति सदस्यहरू, बैंकका उच्च पदस्थ अधिकारीहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, काठमाडौँ उपत्यकाका शाखा प्रबन्धकहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । सम्मानित कर्मचारीहरूको ज्ञान, सिप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास लिइएको छ । 

    साथै, उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरूवात समेत गरिएको छ । टोस्टमास्टर इन्टरनेशनलद्वारा मान्यता प्राप्त यो क्लब मार्फत बैकका कर्मचारीहरूमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा संचार कौशल अभिवृद्धिमा सहयोग पु¥याउने लक्ष्यसहित गठन गरिएको हो । 

    विकास बैंकहरूमा टोस्टमास्टर क्लबको औपचारिक सुरूवात गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ । 

    जेष्ठ महिनाभर बैंकले ३१ औँ वार्षिकोत्सव मनाउन तय गरेको पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरू समेत सफलतापूर्वक सम्पन्न भएका छन् । यस अवसरमा आगामी दिनहरूमा बैंकले आफ्ना ग्राहकहरूलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउन प्रतिबद्धता समेत जाहेर गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com