बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।
भारतबाट अवैध रूपमा साइकलमार्फत नेपालतर्फ ल्याउँदै गरिएको एयरपोड प्रो र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल, नम्बर १२ गण बाराले नियन्त्रणमा लिएको हो।
सामान ल्याउने व्यक्ति भने घटनास्थलबाट फरार रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।