देशको विकासको गति तिव्र रूपमा अगाडि बढाउन आवश्यक : गभर्नर पौडेल

देशको विकासको गति तिव्र रूपमा अगाडि बढाउन आवश्यक : गभर्नर पौडेल

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • देशको विकासको गति तिव्र रूपमा अगाडि बढाउन आवश्यक : गभर्नर पौडेल

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले देशको विकासको गति तिव्र रूपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  आइएमई लिमिटेडले विगतदेखि नै देशको विकासमा योगदान गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि योगदानको निरन्तरता रहने विश्वास व्यक्त गरे । 

    images
    images

    उनले भने, “हाम्रो देशको विकासको जुन गति छ यसलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने छ । सक्दाखेरी र सक्नेजति जति यो देशको लागि योगदान गर्नुभएको छ । यो योगदानचाँही निरन्तर रूपमा रहिरहोस् ।” 

    त्यस्तै उनले प्रायजसो कम्पनीहरू चाँडै बन्द हुने अवस्था रहेकोमा आइएमई लिमिटेड २५ वर्षसम्म चल्नु पनि ठूलो कुरा रहेको धारणा राखे ।उनले भने, “हाम्रो जस्तो देशमा २५ वर्षसम्म यसरी कम्पनीहरू चल्नुपनि ठूलो कुरा हो । धेरै कम्पनीहरूको चाँडै बन्द हुन्छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय