पाँचतारे होटलका म्यानेजर सुदर्शन ‘सरोद’का अम्मली, सङ्गीतका प्यासी

पाँचतारे होटलका म्यानेजर सुदर्शन ‘सरोद’का अम्मली, सङ्गीतका प्यासी

सम्पत्ति भनेको जिउनलाई चाहिने स्रोत हो । जसका लागि उनले सरोद छोड्न सकेनन् ।

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • images
    images
    पाँचतारे होटलका म्यानेजर सुदर्शन ‘सरोद’का अम्मली, सङ्गीतका प्यासी
    images
    images

    भनिन्छ नि, शास्त्रीय सङ्गीत आत्माको भोजन हो जसले मन, मस्तिष्क र जीवनलाई शान्त बनाउँछ ! उनी हुन् पाँचतारे होटलका अपरेसन म्यानेजर सुदर्शन राजोपाध्याय । 

    जसले चार दशकदेखि शास्त्रीय सङ्गीतको धुनमा लाखौँ हृदयहरु छोइरहेका छन् । त्यसो त उनलाई ‘सरोद’का अम्मली हुन् भन्दा फरक पर्दैन । दैनिक छुनै पर्छ बजाउनै पर्छ । 

    प्रसिद्ध ‘सरोद’ वादक, गायक तथा सङ्गीतज्ञ पण्डित सुदर्शन राजोपाध्याय भारतमा भने ‘यशराज’ नामले चिनिन्छन् ।

    पुरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्   

    ‘भारत उत्सव – २०२५’मा निर्णायकको रूपमा सहभागी हुन पाएनन् ।  यद्यपि, अगष्टमा भारत जाँदैछन् उनी । “यो मेरो कन्सर्ट नै हो,” सुदर्शनले भने । यस्ता कयौँ कार्यक्रममा पुगेका छन् उनी । 

    मानिसहरूलाई पाँचतारे होटलको मिष्ठान्न भोजनले मात्रै पुग्दैन । त्यसैले साहित्य, सङ्गीत र कलाको विकास भयो । जसले मानिसको मन मुटु छुने मात्रै होइन समाजको आर्थिक समाजिक परिवर्तनमा पनि महत्पूर्ण भूमिका खेल्छ । 

    त्यो एक बिहान हामी लोकेसन ट्र्याक गर्दै मङ्गलबारतिर लाग्छौँ । बिचैमा एउटा नेवारी घरको ढोकैमा कुरिरहेका थिए सुदर्शन अर्थात ‘सरोद’का अम्मली ।

    bimal shrestha.jpg
     
    हामीलाई देख्नसाथ उनले एक फाँक मुस्कान फाले । उनले डोर्याए हामीले पछ्याइरह्यौँ । उनले त्यहीँ लगे जहाँ उनले बजाएको ‘सरोद’को रागमा लय मिसाउने चरीहरूको चिरबिर थियो । जहाँ गहेँली, कपूरलगायतका अग्ला रुखहरू उनको औँलाबाट निस्कने धुनहरूमा रमाइरहेका थिए ।

     
    शान्त, शीतल, हरियालीमा स्वच्छन्द खेलिरहेका थिए काग, भँगेरालगायतका चराचुरुङ्गीहरू, जस्तो कि ‘सरोद’का तारमा खेलिरहन्छन् सुदर्शनका औँलाहरू । 

    ललितपुरको मूख्य बजार मङ्गलबजार । ब्यस्त र भीडभाड भइरहने मङ्गलबजार भित्रको एउटा गल्ली । जहाँ छ उनको मकान । लाग्छ, घनाजङ्गल भित्रको कुनै कुटी हो यो । कथामा सुनेका थियौँ, यस्तै ठाउँमा तपस्या गर्थे रे ऋषिमुनिहरू । रुख, पात, पत्कर, ढलेमलेका रुखका जरा, हाँगा, माकुरोको जालो । 

    लाग्छ, नजिकै कुनै खोला बगिरेहछ अविरल । सरोद वादक सुदर्शन यहीँ तपस्या गरिरहेका छन् चार दशकदेखि शास्त्रीय सङ्गीतको ।  उनले भने, “मैले यहीँ ठाउँमा ४० बर्षभन्दा बढी सरोद बजाइसकेँ ।”

    हामी छक्क पर्यौँ । कस्तो मनमोहक ठाउँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने जस्तै ‘सुन्दर शान्त विशाल ।’ 

    करिब रोपनी क्षेत्रफलमा फैलिएको सहरभित्रको एउटा साधारण घर तर आनन्दित । “यी यस्तै छ मेरो घर त !” वरपरको वातावरणले एकोहोरिएको हामी झस्कियौँ । कुना काप्चातिर थन्क्याइएका गितार सितार, हार्मोनियम, सरोद अनि छरपष्ट रहेका प्रमाणपत्रहरू देखाउँदै उनी पुनः बोल्छन् “अहिले जिन्दगी बद्लियो ।” 

    सामान्य वार्तालापपछि उनी घरको छिँडीमा बसेर उनले सरोदको राग सुनाए । मन्त्रमुग्थ भयौँ हामी । जसरी सरोदको रागसँगै मिसियो उनको जीवनको लय पनि । 

    sudarshan - sarod.jpg

    मङ्गलबारका रैथाने नेवार हुन् सुदर्शन । गल्लीका चप्पा चप्पासँग परिचित छन् । तर, घरमै रमाउँछन् उनी । सरोद उनको साथी मात्रै होइन जीवनको एक हिस्सा नै बनिसकेको छ । 
    पारिवारिक वातावरणले अबोध सुदर्शनलाई बाल्यकालमै सरोदको प्यासी बनाएको रहेछ ।
     
    सरोद शास्त्रीय सङ्गीतको एउटा महत्त्वपूर्ण वाद्यवाद्यक हो । हेर्दा सारङ्गी जस्तो लाग्ने यो एक किसिमको छालाले मढेको तारबाजा हो । 

    ललितपुरको पाटनढोकामा जन्मिएका सुदर्शनका पिता सङ्गीतकार थिए । उनी सरोद बजाउँथे । बाल्यकालदेखि नै सरोदले पछ्याइहेको बताउँदै उनी भन्छन्, “रेडियो नेपालमा बुबा जागिरे हुनुहुन्थ्यो । शास्त्रीय सङ्गीतका लागि बिहान बेलुका सिँहदरबार पुग्नुहुन्थ्यो । म उहाँकै बाद्य यन्त्रहरू चलाउथेँ । 

    बुवासँगै धुन मिसाउन साथ दिन थालेँ । १०÷ १२ वर्षको पुग्दा त तबला बजाउन मैले सिकिसकेछु ।”  
    उनी गीत कविता पनि लेख्छन् । करिब २५ ओटा कविताको संग्रह ‘आत्माका प्रष्फुटनहरू’ देखाउँदै सुदुर्शनले भने, “कोभिडको बेला जन्मिएको हो ।” 
    अर्थ डबलीसँगको संवादकै क्रममा उनले स्वीकारोक्ति माग्दै कालो चस्मा लगाए, पहिलेको फुकाले । रहस्य बुझिएन । जता फर्केपनि उस्तै लाग्ने क्यामेरालाई । 

    बुवा उनको जीवनको मेरुदण्ड हुनुहुन्थ्यो, सङ्गीतको गुरु पनि । बुवासँग लामो समय बस्न नपाएको गुनासो अझै पनि छ सुदर्शनलाई । “बुवा २०५१ सालमा बित्नु भयो ।

     धेरै समय उहाँसँग बस्न पाइनँ । बिहानै रेडियो नेपाल जानहुन्थ्यो, बेलुकी आउनु हुन्थ्यो” नोष्टाल्जिक हुँदै उनले भने, “उहाँको सङ्गतले अटोमेटिकल्ली मलाई पनि बजाउने हुटहुटी चढेछ । 

    उहाँको आफूपछि घरमा शास्त्रीय सङ्गीत बजाउने कोही नहुने हो कि भन्ने चिन्ताको प्रभावले पनि मैले सानैमा सङ्गीत सिकेँ ।” तर उनले बुवालाई आफ्नो प्रगति देखाउन पाएनन् । सुदर्शन भन्छन्, “मेरो बुवालाई कन्फर्म थियो कि मैले राम्रो बजाउँछु ।”
     
    रेडियो नेपाल, अल इन्डिया रेडियोमा सरोदका राग सुनेका सुदर्शनलाई बाजा चिनाउने नै उनका बुवा हुन् । उनका बुवाले कलकत्ताबाट किनेर ल्याएका थिए सरोद । 

    सरोदको तारहरूमा औँला खेलाउँदा खेलाउँदै उनको खेल्ने उमेर छुट्यो । कुपण्डोल क्षेत्रका खुल्ला खेल्ने ठाउँहरू भरिए । खेल्ने साथीसङ्गी छुटे । उनको परिवारलाई बुवाको रेडियो नेपालको साधारण जागिरको भर थियो । नेवारी भए पनि ब्यापारिक परिवार थिएनन् । उनको बाल्यकाल समान्य गुज्रियो । बुवाले कलकत्ताबाट त्यो समयमा भारतीय रुपैयाँ ५५ सय तिरेर सरोद किनेका रहेछन् ।
     
    “त्यो बाजा यहीँ हो” उनले हातको सरोद देखाउँदै भने । बुवाको त्यो निशानी जतनले राखेका छन् उनले । 
    शास्त्रीय सङ्गीत भन्नाले नियम, परम्परा र गहिरो सिद्धान्तमा आधारित परिष्कृत सङ्गीत हो । जुन देवी देउताको पालादेखि बजाइँदै आएको मानिन्छ । 
    मानिसहरूलाई सङ्गीतले बढी नै ‘कन्सर्न’ गराउँछ । “एउटा राग दिनभरी बजाए पनि सकिदैन,” उनले भने । 

    २०४२ सालतिरै एसएलसी दिएका उनले ४ ओटा विषयमा डिग्री लिइसकेका छन् । एमबिए मात्रै होइन एनपिए (मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेशन) र म्यूजिकमा पनि डिग्री हासिल गरिसकेका छन् । उनले डिग्री हासिल गरेको पछिल्लो विषय थियो बुद्धिजम । 

    भारतले शास्त्रीय सङ्गीतलाई आफ्नो भनेर दाबी गर्दा चित्त दुख्ने उनी बताउँछन् । “हजारौँ वर्षदेखि यहाँ बजिरहेका छ । प्राचीन कालदेखि नेपालमा बजाइँदै आएको छ” उनले भने “पेटेन्ट राइट उनीहरू (भारत)ले लिएको देख्दा अलिक मन रमाउँदैन ।” 

    जङ्ग बहादुर राणाले पनि ‘राजमति’ भन्ने म्युजिक बेलायतमा रेकर्ड गरेर आएका थिए । जसको शब्द पछि राखिएको हो । तर, त्यसको धुन ५००० वर्ष अघि नै बनायो थाहै छैन । जसको सङ्गीतकार अज्ञात छन् । 
    उनले शास्त्रीय सङ्गीत आफ्नो भएको दाबी गरिरहे । सरोदलाई मुसारिरहे । बुबासँगै बजाउँदाको एउटा रागले हामीलाई मन्त्रमुग्ध पारे ‘....धुन.... धुन...।’ 
    “म्युजिकमा लागेपछि सबैकुरा बिर्सिदो रहेछ । माइन्ड कन्सन्टेन्ट हुँदो रहेछ । म प्रायः घरैमा बजाउँछु । मेरो प्राटिक्स घरमै हुन्छ,” सुदर्शनले भने । 

    sarod - .jpg

    बुवाको निधनपछि उनलाई रेडियो नेपालमा जाने मौका मिलेको थियो । तर, सानो कारणले जान नसकेको उनी बताउँछन् । उद्यपि, रेडियो नेपालमा १ बजेदेखि २ बजेसम्म आउने शास्त्रीय सङ्गीत भने बजाउँथे सुदर्शन । 
    २०४५÷०५० सालतिरको कुरा सम्झदै उनले भने, “शास्त्रीय सङ्गीतमा हामी, लोक सङ्गीतमा कुमारदाइहरू हुनुहुन्थ्यो । मीरा दिदी, फत्तेमान दाइहरूको गीतमा पनि आवश्यक पर्दा शास्त्रीय धुन दिएको छु । 

    कति ओटामा बजाएँ । कसकसको गीतमा साथ दिएँ गिन्ती छैन ।” आफूले पैसा दाबी गरेर सङ्गीत नदिएको उनी बताउँछन् । “मैले ५ सय जति पाउथेँ । आम्दानी भनेकै त्यहाँ हुन्थ्यो । २०५९ मा जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम भएको थिएँ । रातो मसीको साइनपेनले लेखेको प्रमाणपत्र पाएको थिएँ । अहिले उडिसक्यो । नेपालमा मैले पाएको ठूलो पुरस्कार त्यहीँ हो”, मुस्कुराउँदै उनले भने । 

    गीतमा एरेन्ज गरिएको हुन्छ । जहाँ अनगिन्ती गीतमा सरोदको धुन मिसाएका छन् सुदर्शनले । नेपालभन्दा बढी भारत घुमेका छन् उनी ।
    भन्छन्, “म त इण्डियाको कुनाकाप्चा धेरै घुमिसकेँ, बरु नेपाल घुमेको छैन । महाराष्ट्र गएको छैन । अब जाँदैछु ।”

    भारतको सङ्गीत कलालाई धेरै सम्मान गर्ने उनी बताउँछन् । भन्छन्, “उता हाम्रो प्रज्ञा भन्दा ठूला हलहरू हुन्छन् । सितार भोकलमा सरोद छुटाउँदैनन् सम्मान गर्छन् । गर्व लाग्छ । सरोद बजाउने समय त्यसका लागि उनीहरूले नेपाल नै सम्झिन्छन्  । मलाई नै सम्झिन्छन् । त्यहाँ हुने स्टेज शोहरूमा ।”

    उनकै भनाई अनुसार नेपालले सुदर्शनलाई कम चिन्छ । भारतीय कलाकार विशेषगरी शास्त्रीय सङ्गीतका क्षेत्रमा उनको नाम परिचित छ । उनी बोलिरहँदा पृष्ठभूमिका चराहरूको चिरबिर आवाज आइरहेको थियो । लाग्थ्यो सुदर्शनलाई यी चराहरूले सबैले भन्दा बढी चिन्छन् ।
     
    कार्यक्रमहरूमा जाँदा खासै डिमाण्ड नगर्ने उनी भन्छन्, “डिमाण्ड कहिल्यै गर्दिनँ । राम्रो गर्छु दिएको लिन्छु । सायद त्यसैले बोलाउँछन् । बजाइसकेपछि स्टेजमै आएर खुट्टा ढोग्छन् । सम्मान पाउँदा खुशी लाग्छ ।”
    देशले नचिने पनि आफू खुशी भएको उनी बताउँछन् । 

    परिवारबारे खासै नखुल्ने सुदर्शन पटक पटक बाल्यकाल सम्झिन्थे । नोस्टाल्जिक हुन्थे । “त्यसबेला मङ्गलबजार खुबसुरत थियो । अब्यक्त थियो । जहाँ जाँदा पनि सरोद लिएर जान्थेँ म ।”
    सबैभन्दा बढी घरमै अभ्यास गरेको उनी बताउँछन् । 

    उनका अनुसार सम्पत्ति भनेको जिउनलाई चाहिने स्रोत हो । जसका लागि उनले सरोद छोड्न सकेनन् । सङ्गीतमा लागेर उनले गुजरात र वेष्ट बंगालबाट ठूलो प्रमाणपत्र, स्वर्ण पत्र पाएका छन् । जसले उनको जीवनमा खुशीको इँटा थपेका छन् ।
    उनले उसो भनिरहँदा बिहानको ११ बजिसकेको थियो । सुकेका पातहरू झरिरहेका थिए । सिरसिर हावाको झोक्काले नयाँ पालुवाहरू हल्लिरहेका थिए ।

    जस्तो कि उनले सरोदको लयमा ताल मिलाइरहेका छन् पालुवाहरू । 
    सुदर्शनले जीवनमा विभिन्न रङ्हरू सरोदका तारहरूमार्फत बजाइरहे । अभावले सताउँदा विरक्तिए पनि ।

    कहिलेकाँही आर्थिक अभावमा भौँतारिए विभिन्न क्षेत्रमा काम पनि गरे । उनलाई तत्कालिन समय दरबारबाट जागिरको फोन नगएको पनि थिएन । उनी सम्झन्छन्, “रेडियो नेपालबाट त्यसबेला मिलेन, भाग्यले साथ थिएन ।”्

    उनले त्यसबेलाका शैलेन्द्रनाथ शर्मालाई नमिठो सम्झिए जो रेडियो नेपालमा तत्कालिन समयमा प्रमुख थिए । 

    “बुवा रिटायर्ड हुनु भएपछि त्यहाँ पाउने सुविधा हुने भए पनि मैले विविध कारणले रेडियो नेपाल छिर्न सकिन जागिरे बनेर” उनले भने, “राज्यले मलाई मात्रै होइन धेरैलाई चिनेको छैन । अझै सङ्गीतमा केही गर्ने हुटहुटी छ । अवश्य लोकले चिन्ने छ ।”

    अर्थ डबलीको टिम उठ्दै थियो सँगै पुगेका म्यानेजर गणेश प्रधानले भने आँखा त भिजेछ कि क्या हो, अन्तिममा एउटा राग निस्कियो सरोदबाट बज्यो....., लाग्यो फ्रेडरिक नित्सेले भनेको ठीक हो – ‘सङ्गीत बिना जीवन एक गल्ती हुनेछ ।’

    कालो चस्मा विस्तारै फुकाले रहस्य खोलियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com