आकाशियो सुनको भाउ, एकै दिन तोलामा ४२ सयले बढेर १ लाख ९७ हजार नाघ्यो

आकाशियो सुनको भाउ, एकै दिन तोलामा ४२ सयले बढेर १ लाख ९७ हजार नाघ्यो

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • images
    images
    आकाशियो सुनको भाउ, एकै दिन तोलामा ४२ सयले बढेर १ लाख ९७ हजार नाघ्यो
    images
    images

    काठमाडौँ / गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल १ लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी २ हजार १६५ मा कारोबार भइरहेको छ । 

    गत मङ्गलबार एक तोला सुन १ लाख ९० हजार तथा सोही परिमाणको चाँदी २ हजार १६५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com