images
Logo
images

तीन दलका तीन नेताहरूको चर्तिकला झन् बढि नाङ्गिदै छ : अध्यक्ष भट्टराई

तीन दलका तीन नेताहरूको चर्तिकला झन् बढि नाङ्गिदै छ : अध्यक्ष भट्टराई

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • तीन दलका तीन नेताहरूको चर्तिकला झन् बढि नाङ्गिदै छ : अध्यक्ष भट्टराई

    काठमाडौँ / नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले तीन दलका तीन नेताहरूको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदै जाने बताएका छन् । 

    images
    images

    बिहीबार काठमाडौँमा नेपाल समाजवादी पार्टीको १०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अहिले दलहरूले एकअर्काका खुट्टा तानातान, पोल खोला खोल गरिरहेको भन्दै त्यस अर्थमा बृहत नयाँ वैकल्पिक शक्तिहरूको ध्रुविकरणको प्रक्रिया अगाडि बढेर जाने बताए । 

    उनले भने, “अहिले जसरी उनीहरूले एकअर्काका खुट्टा तानातान गरेर पोल खोला खोल गरिरहेका छन् आगामी दिनमा त्यो झन् बढ्दै जानेछ र यो मुख्य तीन दलका तीन नेताहरूको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदैछ । त्यस अर्थमा यो बृहत नयाँ वैकल्पिक शक्तिहरूको ध्रुविकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ ।”

    यस्तै, उनले पुराना दलहरू विघटन भइरहेको भन्दै आगामी वर्षहरू एउटा ठूलो उथलपुथल वर्ष हुने पनि बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय