काठमाडौँ / एभरेष्ट कलरले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । आइएसओ ९००१ः२०१५ प्रमाणिकरण प्रमाण पत्र प्राप्त, नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सूचीमा दर्ता, नेपाल गुणस्तर चिन्ह प्राप्ति उन्मुख रहेको कम्पनीले ७ लाख ९० हजार कित्ता सेयर सर्वसाधरणमा जारी गर्ने भएको हो ।
सेयर जारी गर्ने उद्देश्यले कम्पनीले सन्राइज क्यापिटल लिमिटेडसँग बुधबार प्रयाभूति सम्झौता गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा एभरेष्ट कलरका तर्फबाट सरोज लुइटेल तथा प्रत्याभूतिकर्ताको तर्फबाट लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।
अन्य कलर उद्योगभन्दा पृथक ढङ्गले, सङ्गठित स्वदेशी युवाहरूको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने प्रमुख उद्देश्यले सञ्चालन भइरहेको छ ।
कम्पनीलाई केयर रेटिङ्गस नेपालले डबल बी माईनस रेटिङ्ग प्रदान गरेको छ ।