images
Logo
images

निर्जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग प्राधिकरणले गर्यो अन्तर्क्रिया

निर्जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग प्राधिकरणले गर्यो अन्तर्क्रिया

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • निर्जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग प्राधिकरणले गर्यो अन्तर्क्रिया

    काठमाडौँ / नेपाल बिमा प्राधिकरणको आयोजनामा निर्जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बिमा सम्बन्धी समसामयिक विषयमा आज काठमाडौँमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images

    बिमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेसन, संस्थागत सुशासन, वित्तीय विवरण, बिमा शिक्षा र सेवा प्रवाह लगायतका विषयमा बिमकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग छलफल गरी राय सुभावहरू प्राप्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा कम्पनीलाई वित्तीय रूपमा सबल बनाउन, मुनाफा सुनिश्चित गर्न र बिमितको हित रक्षा गर्नका लागि जिम्मेवारीपूर्वक सशक्त भूमिका निर्वाह गर्न निर्जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिए । 

    अध्यक्ष ओझाले भने, “बिमा कम्पनीहरू सबल हुनका लागि बाध्यकारी बिमाको दायराबाट बाहिर निस्कनुपर्छ, बिमा ऐन नियम जिम्मेवारीपूर्वक पालना गर्नुपर्छ, कम्पनीको नीतिगत र दीर्घकालीन विषयमा सञ्चालक समिति जानकार रहनुपर्छ, प्राधिकरण सुक्ष्म व्यवस्थापन गर्न चाहँदैन, सुक्ष्म व्यवस्थापनको अवस्था आउन नदिन व्यवस्थापनलाई सञ्चालक समितिले जिम्मेवार बनाउनुपर्छ, नियन्त्रण गर्नुपर्छ ।”

    बिमा कम्पनीका प्रदेश कार्यालयहरूलाई दाबी फछ्र्यौटको अधिकार सहित सशक्त बनाउन निर्देशन दिँदै अध्यक्ष ओझाले प्राधिकरणका प्रदेश कार्यालयहरूमा समेत गरी दाबी भुक्तानीका उजुरीहरू बढिरहेकाले समयमै दाबी भुक्तानी दिएर बिमाप्रतिको विश्वास बढाउनु आवश्यक रहेको बताए ।

    अध्यक्ष ओझाले बिमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहजकर्ता र नियामकको भूमिका समानान्तर रूपमा निर्वाह गर्दै आएको उल्लेख गर्नुहुँदै बिमा उद्योगको विकास, बिमितको हित रक्षा, बीमाको दायरा विस्तार र लक्षित समूहसम्म बीमाको पहुँच पुर्याउनका लागि प्रक्षेपित सेवा दिएर सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए । 

    त्यस्तै नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमा उद्योगलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन, बिमितको हित रक्षा गर्न र बिमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नका लागि प्राधिकरणले नियमकीय भूमिका सँगसँगै सहयोगीको भूमिका समेत निर्वाह गर्दै आएको बताए । 

    कार्यक्रममा नेपाल बिमा प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डितले बिमकमा संस्थागत सुशासन कायम गर्न सञ्चालक समितिको भूमिका र उपनिर्देशक विरोध वाग्लेले बिमकको लेखापरीक्षण तथा वित्तीय विवरण सम्बन्धमा सञ्चालक समितिको भूमिका सम्बन्धी छुट्टा छट्टै प्रस्तुती गरेका थिए । 

    कार्यक्रममा निर्जीवन बिमा कम्पनी, निर्जीवन लघुबीमा कम्पनी र पुनर्बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय