सुनचाँदीका गहनामा विलासिता कर खारेजको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा व्यवसायी

सुनचाँदीका गहनामा विलासिता कर खारेजको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा व्यवसायी

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • सुनचाँदीका गहनामा विलासिता कर खारेजको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा व्यवसायी

    काठमाडौँ / सरकारले सुनचाँदी र हिरा लगायतका बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने घोषणा गरेपछि सुनचाँदी व्यवसायीहरू व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । 

    images
    images

    नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विललासिता कर भ्याट लगाउने घोषणा खारेज नगरे व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । 

    सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट मार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ ।

    आम सर्वसाधारण उपभोक्तादेखि सबै बर्गका मानिसले उपयोग गर्ने सुनचाँदीमा सरकारले विलासिता शूल्क र भ्याटको नाममा चर्को भार थोपर्न नहुने भन्दै व्यवसायीहरूले त्यसको खारेजीको माग गर्दै आएका छन् ।

    “सरकारले बजेट मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाएको छ । यस्तो कर पटकै पिच्छेको बिक्रीमा लागु हुने बहुकर प्रणाली (राउन्ड ट्रिपिङ) हो । झट्ट सुन्दा २ प्रतिशत जस्तो मात्र लागे पनि व्यवहारीक रूपमा भने ग्राहकहरूको लागि कम्तिमा पनि ६ प्रतिशत माथि थप मूल्य तिर्नुपर्ने बाध्यकारी कर प्रणाली हो,” विज्ञप्तीमा भनिएको छ ।

    सरकारले सुनमा घुमाउरो पारमा ६ प्रतिशतको विलासिता कर थोपरेको र सुनका गहनामा प्रयोग हुने धातु तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट जोडदा १९ प्रतिशत सम्मको मूल्य वृद्धिमा व्यवसायी र उपभोक्तालाई पार्न खोजेको आरोप व्यवसायीहरूको छ ।

    सरकारले गरेको यस्तो व्यवस्थाले सुनचाँदी बजारलाई अझ महामन्दीतर्फ अग्रसर बनाउने व्यवसायीहरूको तर्क छ । त्यसकारण जसरी भए पनि यस्तो कर तथा भ्याट खारेज हुनुपर्ने उनीहरूको माग छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय