महासंघ अध्यक्ष ढकाल र आइएलओ प्रमुखबीच भेटवार्ता, रोजगारदाता लक्षित सहयोगमा जोड

महासंघ अध्यक्ष ढकाल र आइएलओ प्रमुखबीच भेटवार्ता, रोजगारदाता लक्षित सहयोगमा जोड

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • महासंघ अध्यक्ष ढकाल र आइएलओ प्रमुखबीच भेटवार्ता, रोजगारदाता लक्षित सहयोगमा जोड

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का महानिर्देशक गिल्बर्ट एफ. होङ्बोबीच ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा भेटवार्ता सम्पन्न भएको छ।

    images
    images

    भेटमा मर्यादित श्रम, समावेशी आर्थिक वृद्धि र रोजगारदाता लक्षित सहयोग विस्तारका विषयमा छलफल भएको थियो।

    अध्यक्ष ढकालले नेपाल २०२६ मा अतिकमविकसित देशको श्रेणीबाट उक्लन लागेकाले व्यापार नियममा आउने परिवर्तनले रोजगारी र निर्यातमा असर पार्न सक्ने उल्लेख गर्दै ILO सँगको सहयोग आवश्यक रहेको बताए। साथै, उनले नेपाललाई अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण प्रवर्द्धनमा ‘ग्लोबल च्याम्पियन’ को रूपमा चयन गरिनु महासंघको दीर्घ प्रयासको मान्यता भएको धारणा राखे।

    ILO प्रमुख होङ्बोले महासंघसँगको सहकार्यलाई सकारात्मक रूपमा लिँदै सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे। सो क्रममा अध्यक्ष ढकालले WTO का उपमहानिर्देशक झाङ शियाङछेन र IOE महासचिव रोबर्टो स्वारेज सान्तोससँग पनि भेटवार्ता गरेका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय