नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • images
    images
    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त
    images
    images

    नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय बमोजिम सविना मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ । 

    यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए । २०८२ जेठ २८ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेको टेलिकमले जनाएको छ । 

    नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी.ई. गरेका छन् ।  

    उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएका थिए ।  भने उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । 


    पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त  गरेको टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धर मानन्धरले बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com