दुई दिन बढेको नेप्से आज १३.६९ अङ्कले घट्यो, हाइड्रो बाहेक सबै समूहको सूचकमा गिरावट

दुई दिन बढेको नेप्से आज १३.६९ अङ्कले घट्यो, हाइड्रो बाहेक सबै समूहको सूचकमा गिरावट

बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • दुई दिन बढेको नेप्से आज १३.६९ अङ्कले घट्यो, हाइड्रो बाहेक सबै समूहको सूचकमा गिरावट

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३.६९ अङ्कले घटेर दुई हजार ६६४.४७ को विन्दुमा कायम भएको हो ।

    images
    images

    आज तीन सय सात कम्पनीको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर ८१ हजार ७०३ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ९० करोड ७० लाख पाँच हजार ५७५.० ८ को कारोबार भएको छ । 

    जलविद्युत् समूह १.१३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन् ।

    आजको कारोबारमा बुटवल पावर कम्पनी लिमिटेड, प्युअर इनर्जी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ५.८९ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी रु ६१ करोड ५७ लाख १७ हजार १४४ बराबरको कारोबार भएको छ ।

    कारोबार भएका सेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको सबैभन्दा बढी १० लाख ८९ हजार ५४८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय