काठमाडौँ / बुधबार सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ३ सय रुपैयाँ पुगेको हो ।
अघिल्लो कारोबार भने छापावाल सुन तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो । यता, चाँदीको भो भने स्थिर छ । आज चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।