राष्ट्र बैंकले ४० अर्ब बैंकिङ प्रणालीबाट आज ४० अर्ब झिक्ने

राष्ट्र बैंकले ४० अर्ब बैंकिङ प्रणालीबाट आज ४० अर्ब झिक्ने

बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • राष्ट्र बैंकले ४० अर्ब बैंकिङ प्रणालीबाट आज ४० अर्ब झिक्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। बजारमा अत्यधिक तरलता देखिएपछि राष्ट्र बैंकले निरन्तर रूपमा रकम सङ्कलन गर्न थालेको हो।

    images
    images

    यो रकम सङ्कलनका लागि राष्ट्र बैंकले २० दिन अवधिको बोलकबोल प्रक्रिया सुरु गर्दैछ। बैंक तथा वित्तीय संस्थाहरूलाई सहभागी हुन दिइने यस बोलकबोल सोमबार दिउँसो ३ बजेसम्म तोकिएको छ।

    बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। मागभन्दा बढी रकम परेमा बाँडफाँड प्रणाली लागू हुनेछ।

    राष्ट्र बैंकले निक्षेप संकलनको सन्दर्भमा सावाँ तथा ब्याज असार १८ गते भुक्तानी गरिने जनाएको छ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। सहभागी संस्थाले प्रस्ताव गर्ने ब्याजदर दशमलव पछिका चार अंकसम्म स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

    यस प्रक्रियामा बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र यो प्रक्रियामा सहभागी हुन पाउने छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय