आज मिति विक्रम संवत् २०८२ साल जेष्ठ २८ गते, बुधबार तदनुसार इस्वी सन् २०२५ जुन ११ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ शुक्लपक्ष, पूर्णिमा तिथी, मध्यान्ह १२ः४६ बजेपछि प्रतिपदा, ज्येष्ठा नक्षत्र, आनन्दादिमा–ध्वांक्ष योग, चन्द्रराशि–वृश्चिक, राति ८ः१७ बजेपछि धनु ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक र पेशागत क्षेत्र चुनौतीपूर्ण बन्नेछ। व्यापारमा लगानी रोक्नु हितकर छ, तर सेयर वा वित्तीय क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्न सक्छ। विगतका निर्णयले तनाव दिन सक्छन्। स्वास्थ्यमा कमजोरी र काममा ढिलाइ देखिन्छ। परिवारको सहयोग अभाव रहनेछ। गोप्य योजना बाहिरिन सक्छन्, सतर्क रहनुहोस्। मिहिनेतले परिस्थिति सुधारिने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्ष बलियो बन्नेछ। सेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी हुनेछ। व्यापारमा स्रोत साधन जुट्नाले लाभ हुनेछ भने व्यवसाय विस्तारको सम्भावना पनि छ। जीवनसाथीको सहयोगले आर्थिक निर्णयहरूमा सकारात्मक असर पार्नेछ। दिगो लाभ दिने काम सुरु गर्न सकिनेछ। प्रयत्न गर्दा आम्दानी बढ्ने अवसरहरू प्राप्त हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक क्षेत्रमा पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुरु गर्न सकिनेछ। सेयर बजारमा गरिएको लगानीबाट लाभ मिल्ने सङ्केत छन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ र न्यायिक विषयमा निर्णय आफ्नै पक्षमा पर्नेछ। अवसरहरू प्राप्त हुने भए पनि लाभ लिन चुनौती रहन सक्छ। फजुल खर्च नियन्त्रण गर्नु उपयुक्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धामा अग्रता दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक रूपमा लाभदायक समय हुनेछ। व्यापार, सेयर बजार र अनलाइन स्रोतबाट आम्दानी बढ्नेछ। स्थायी सम्पत्ति प्राप्तिको योग छ, उपहारस्वरूप मन परेको वस्तु पाउन सकिनेछ। बौद्धिक क्षमताको प्रयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ। प्रेममा असमझदारी देखिए पनि सम्हाल्न सकिनेछ। सन्तान र गुरुजनको सहयोगले प्रगति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो समय आर्थिक दृष्टिले आशावादी देखिए पनि सामाजिक र व्यक्तिगत पक्षमा सावधानी आवश्यक छ। सेयर बजार तथा अनलाइन व्यापारबाट नाफा कमाउन सकिनेछ। कृषि र पशुपालन व्यवसाय फस्टाउनेछ। तर आफन्त र साथीभाइको असहयोगले मानसिक तनाव बढ्न सक्छ। आवेशमा लिएको निर्णयले समस्या ल्याउन सक्छ, त्यसैले व्यवहारमा संयम अपनाउनुहोस्। मिहिनेतले जटिल काम सफलतापूर्वक सम्पन्न हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक रूपले सशक्त समय हुनेछ। व्यापार फस्टाउनेछ र सापटी दिइएको रकम फिर्ता आउँदा दैनिकी मजबुत बन्छ। जीवनसाथी र आफन्तको सहयोग प्राप्त हुनेछ, प्रेम सम्बन्धमा निकटता बढ्नेछ। उद्योग, व्यापार र सेवामूलक काममा लाभ मिल्नेछ। न्यायिक निर्णय आफ्नै पक्षमा पर्नेछ। मिहिनेतले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ, तर निर्णय लिनुअघि विचार पुर्याउनु राम्रो हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक पक्ष सुधार गर्न व्यापारमा लगानी गर्न सकिनेछ भने सञ्चित धनमा पनि वृद्धि हुनेछ। पारिवारिक सहयोगले अड्किएका कामहरू अघि बढ्नेछन्। कार्यक्षेत्रमा बोलीको प्रभाव र योग्यताको मूल्यांकन हुनेछ। प्रेम र सामाजिक सम्बन्ध सुदृढ बन्नेछन्। अध्ययनमा केही चुनौती देखिए पनि मिहिनेतले पुरस्कार र प्रशंसा मिल्न सक्छ। नयाँ योजना कार्यान्वयन गर्न धैर्य आवश्यक छ, निराश नहुनुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक अवस्थामा सुधार हुनेछ, नयाँ रचनात्मक कामले सुदृढीकरण गर्नेछ। व्यापार र सेयर बजारबाट नाफा मिल्नेछ। सामाजिक र प्रतिष्ठित काममा सफलता प्राप्त हुनेछ। अध्ययनमा उत्कृष्ट नतिजाले परिवार र गुरुजनलाई खुशी बनाउनेछ। प्रेम सम्बन्धमा पनि समय अनुकूल छ। स्वास्थ्यमा सावधानी अपनाउनुहोस्। मिहिनेतले सम्मान र उन्नति दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोला। खर्च बढे पनि आर्थिक रूपमा उपलब्धिमूलक कामहरू हुनेछन्। लामो दूरीको विदेश यात्राको सम्भावना छ, विदेशमा बसेर धन कमाउने समय उत्तम छ। व्यापार र विदेशी सामानको कारोबार फस्टाउनेछ। प्रेम र सम्बन्धहरूमा सुधार आउनेछ। खर्चिलो कामले कर्जा बढ्न सक्छ, तर मिहिनेतले सफलताको बाटो खोल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्राकृतिक स्रोतको सदुपयोगले आम्दानीमा वृद्धि हुनेछ। शिक्षा र चेतनामूलक कामबाट धन आर्जन सम्भव छ। परिवारको सहयोगले मन खुसी हुनेछ र प्रेम सम्बन्ध कसिलो बन्नेछ। व्यापार र कृषि व्यवसायमा प्रगति हुनेछ। लामो यात्रा हुन सक्छ। शुभचिन्तकको साथ र नयाँ आय स्रोतले आर्थिक अवस्था बलियो हुनेछ। पहिलेका कामबाट लाभ मिल्नेछ र दिगो फाइदा हुने अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार, सेयर बजार र उद्योगमा लगानीबाट अपेक्षित आम्दानी मिल्नेछ। विवाद र पुराना समस्या समाधान हुनेछ। नयाँ काम र नोकरीमा बढोत्तरीको अवसर छ। सामाजिक सम्मान र प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। साझेदारी व्यापारमा फाइदा हुनेछ। नयाँ विचारलाई प्राथमिकता दिनु राम्रो हुन्छ। चुनौतीहरू आए पनि लगनशीलताले सफलता दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयन हुनेछ। अध्ययन, अनुसन्धान र धार्मिक यात्रा फाइदाजनक हुनेछ। माया प्रेममा रमाइलो समय छ। सामाजिक र परोपकारी काममा मन जानेछ। सहकर्मीको सहयोगले कार्यमा सफलता मिल्नेछ। व्यापारमा लाभ हुनेछ र मिहिनेतले दिगो कामको आधार तयार पार्नेछ। सामाजिक दायित्व बृद्धि हुनेछ।