नेपाल र साउदीबिच श्रमिक लैजानेसम्बन्धी सम्झौता

नेपाल र साउदीबिच श्रमिक लैजानेसम्बन्धी सम्झौता

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • images
    images
    नेपाल र साउदीबिच श्रमिक लैजानेसम्बन्धी सम्झौता
    images
    images

    काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबिच नेपाली श्रमिक लैजाने महत्त्वपूर्ण विषयमा सहमति भएको छ । 

    आज जेनेभामा भएको साइड लाइन द्विपक्षीय भेटवार्ता र छलफलका क्रममा दुई देशबिच श्रमिक लैजाने सम्बन्धमा महत्त्वपूर्ण सहमति भएको मन्त्री भण्डारीको निजी सचिवालयले जानकारी दिएको हो । 

    मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी तत्काल दुई वटा सम्झौता गर्न साउदी अरब तयार भएको बताए । 

    नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ ।

    “साउदीसँग सामान्य श्रमिक लैजाने श्रम सम्झौतामा यसअघि नै सहमति भइसकेको छ । यसमा हस्ताक्षर हुन मात्रै बाँकी छ”, मन्त्री भण्डारीले भने, “साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर हुन सक्ने अडान लिएको थियो । हालको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने गरी टुङ्गो लगाएको छ ।”

    उनले दुई देशबिच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको साउदी पक्षलाई जानकारी गराए । मन्त्री भण्डारीले यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारीसमेत दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com