images
Logo
images

बैशाख महिनामा मात्रै भित्रियो १६५ अर्ब रेमिट्यान्स, विदेशिनेको सङ्ख्या बढेको बढ्यै

बैशाख महिनामा मात्रै भित्रियो १६५ अर्ब रेमिट्यान्स, विदेशिनेको सङ्ख्या बढेको बढ्यै

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • बैशाख महिनामा मात्रै भित्रियो १६५ अर्ब रेमिट्यान्स, विदेशिनेको सङ्ख्या बढेको बढ्यै

    काठमाडौँ / आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १३.२ प्रतिशतले वृद्धि भएको छ । बैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । 

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । 

    यस बर्ष वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन हालसम्मकै बढी हो । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । 

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।  

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१४७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१३०१ अर्ब ७५ करोड रहेको थियो ।  

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८० हजार ३१४ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय