मूल्यबृद्धि २.७७ प्रतिशत रहेको तथ्याङ्कसहित राष्ट्र बैंकद्वारा १० महिनाको बित्तीय स्थिति सार्वजनिक [पूर्णपाठ]

मूल्यबृद्धि २.७७ प्रतिशत रहेको तथ्याङ्कसहित राष्ट्र बैंकद्वारा १० महिनाको बित्तीय स्थिति सार्वजनिक [पूर्णपाठ]

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • images
    images
    मूल्यबृद्धि २.७७ प्रतिशत रहेको तथ्याङ्कसहित राष्ट्र बैंकद्वारा १० महिनाको बित्तीय स्थिति सार्वजनिक [पूर्णपाठ]
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मङ्गलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (मूल्यबृद्धि) २.७७ प्रतिशत रहेको छ । 

    यसैगरी, शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ भने आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ । 

    त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशतले र अमेरिकी डलरमा १०.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ४० करोड पुगेको छ ।  

    समीक्षा अवधिमा नेपाल सरकारको खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड र राजस्व परिचालन ९ खर्ब २२ अर्ब ४३ करोड रहेको छ ।  विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

    बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ । 

    वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.४ प्रतिशत रहेको छ । 
    हेर्नुस् पूर्णपाठसहित 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com