बहस विमर्शः सरकारको रौँ हल्लिएन किन ?, माधव नेपाल कसरी चोखा छन् ? नेताहरु बजाउँछन् आ–आफ्नै ‘डम्फु’

बहस विमर्शः सरकारको रौँ हल्लिएन किन ?, माधव नेपाल कसरी चोखा छन् ? नेताहरु बजाउँछन् आ–आफ्नै ‘डम्फु’

गिरिबन्धु र पतञ्जलीको केस के कसरी फरक छन् ? को ठीक को बेठीक यस्तो भन्छन् नेताहरु

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • images
    images
    बहस विमर्शः सरकारको रौँ  हल्लिएन किन ?, माधव नेपाल कसरी चोखा छन् ? नेताहरु बजाउँछन् आ–आफ्नै ‘डम्फु’
    images
    images

    नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा वरिष्ठ नेता रामनारायण बिडारीले गृहमन्त्री रमेश लेखकविरुद्ध अहिलेसम्म कुनै अनुसन्धान अधिकृतसम्म उजुरी नपरेकोले राजीनामा दिन नपर्ने स्पष्ट पारेका छन् ।

    तर, नैतिकताको आधारमा राजीनामा दिने वा नदिने भन्ने कुरा स्वयम गृहमन्त्री लेखकमा निर्भर हुने बताए । 

    राजनधानीमा एक साक्षात्कारमा बोल्दै उनले संसद्को गतिरोधको विषयमा असहमति जनाए । उनले भने,‘नैतिकता भनेको व्यक्तिगत कुरा हो । यो बाध्यता होईन । नैतिकताको कुरा गरेर संसद्लाई बन्धक बनाउन पाईँदैन् ।’ भिजिट भिसा प्रकरण आँफैमा गम्भीर अपराध भएको टिप्पणी गरे । उनले भने,‘मानव तस्करी ठूलो अपराध हो । यसले राज्यलाई कालो सूचिमा राख्छ ।’

    पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दाको सवालमा भने उनले अख्तियार सरकारको नियन्त्रणभन्दा बाहिरको निकाय भएको प्रष्ट्याए । उनले भने,‘अख्तियार सरकारभन्दा माथि हुन्छ । सरकारले नियन्त्रण गर्ने निकाय होईन । अख्तियारलाई कारबाही संसद्ले मात्रै गर्नसक्छ ।

    दुई तिहाईको महाभियोगले मात्रै कारबाही गर्न सक्छ ।’ बिडारीले अख्तियारले यही विषयमा हिजो नीतिगत भनेको र अहिले मुद्दा चलाएको हो भने महाभियोग लगाउन सकिने तर्क गरे । गिरिबन्धु र पतञ्जलीको केस नै फरक भएको उनको भनाई छ । उनले भने,‘गिरिबन्धुमा काम भैसकेको छैन अरे । जग्गा बेचिसकेको छैन् । बेच्ने प्रपञ्च गरिरहेको छ भन्ने सुनेको छु । माधवजीको केशमा पनि मिसिल हेर्न पाएको छैन् । ओलीजीलाई रिस उठेर मुद्दा लगाईएको भनेर म भन्न सक्दिनँ ।’


    उनले नीतिगत निर्णय गरेको हो वा होईन भन्ने कुराको व्याख्या चाहिएको सुनाए । उनले भने,‘सर्वोच्च अदालतमा नीतिगत हो कि होईन भनेर रिट हाल्न सकिन्छ ।’


    उनले राजतन्त्रकालदेखि नै व्याप्त रहेको भ्रष्टाचार नघटेको झनै बढेको तथ्यांक पेश गरे । उनले भने,‘देशमा अहिलेमात्रै होईन राजतन्त्रकालदेखि नै व्याप्त भ्रष्टाचार घटेन । मान्छेको जनसंख्या बढ्यो, भ्रष्टाचार पनि बढ्यो । पदाधिकारी बढे, भ्रष्टाचारपनि बढ्यो । भ्रष्टाचार निर्मुल गर्न बडो कठिन छ । नियन्त्रण गर्ने कसरी भन्ने कुरा हो । नियन्त्रणको लागि विकसित राष्ट्रले उपाय प्राप्त गरेको छैन् । कुनै देशमा भ्रष्टाचार गर्नेलाई मृत्युदण्ड छ । कुनै देशमा सार्वजनिक पदमा आजिवन बस्न नपाईने यवस्था छ । नेपालमा भ्रष्टाचारको केशमा मुद्दा लगाउन पनि गाह«ो छ । बल्लबल्ल पूर्व प्रधानमन्त्रीलाई एउटालाई मुद्दा लाग्यो, त्योपनि सोझो सोझो मान्छेलाई ।’


    नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहुञ्जेलसम्म कानूनको धज्जी उडाउने काम भैरहने आरोप लगाएका छन् । 
    उनले भने,‘केपी ओली देशको प्रमुख भएपछि कुनै न कुनै कुराको उट्पट्याङ हुन्छ । कानूनको धज्जी उडाउने काम भयो । ओली सशक्त हुँदा मुलुकमा यस्ताखाले काम र क्रियाकलाप भैरहेका छन् । बेठिक काम र ओली पर्यावाची हो । बकम्फुसे कुरा गर्नु उनको चरित्र हो ।’


    हिजोपनि ओली सरकारको नेतृत्वमा हुँदा कुनै उपाय नलागेपछि संसद् नै विघटन गरेको चौधरीले स्मरण गराए । उनले भने,‘प्रतिनिधिसभा विघटनसम्म गरेकै हुन् । ओलीको पालामा गलत काम भयो भनेर केसैले आश्चर्य मान्नुपर्दैन् । राम्रो काम भयो भने बरु आश्चर्य हुन्छ ।’


    प्रधानमन्त्री ओलीले अहिले आफूभन्दा धेरै सिनियर नेता माधव नेपालविरुद्ध अख्तियारलाई प्रयोग गरेर भ्रष्टाचारको मुद्दा लगाएको चौधरीको आरोप छ । उनले भने,‘अख्तियारलाई जबरजस्ती माधव नेपालमाथि मुद्दा लगा लगा भनि भनि मुद्दा लगाउने काम गरिएको छ । म मात्रै कहाँ हो र ? 


    माधव नेपालपनि मजस्तै हो भन्न पार्नको लागि गरेको छ । नेपाली मान्छेलाई नक्कली भुटानी बनाएर पैसा असुल गरेर अमेरिका पठाउने कुरा कसको पालामा भयो ? ओलीको पालामा भएको होईन र ? ओली प्रधानमन्त्री भएको बेलामा बादललाई संयोजक बनाएर यसको सुरुवात गरेको होईन  । यो–यो विषयमा जो–जो थुनिएका छन्, उनीहरुको कुरा सुन्दा सबै थाहा हुन्छ ।’


    उनले गिरिबन्धु प्रकरण पनि ओलीकै पालामा भएको स्मरण गराए । उनले भने,‘गिरिबन्धु टि–स्टेटको कुरा कसको पालामा सुरु भएको हो ? लेनादेनाको काम गरेर गिरिबन्धु टिस्टेटको कुरा व्यक्तिगतमा सट्टापट्टा काम पनि ओलीकै पालामा भएको छ । ओलीले मान्छेलाई साईकोलोजिकल डिमोरललाईज गरिरहेका छन् । मैले गृहसचिव बनाएको होईन, यो बनाएको होईन, त्यो बनाएको होईन भनेर मुद्दा लगाईइो । ओली आज अख्तियारको प्रवक्ता हुन् । प्रेम राई मुख्य मान्छे अनि प्रेम राईको प्रवक्ता ओली हो । हिजोदेखि ओली प्रवक्ता भएका छन् ।’


    माधव नेपालमाथि जबरजस्ती मुद्दा चलाईएको उनको आरोप छ । उनले भने,‘एकीकृत समाजवादीका अध्यक्षलाई मुद्दा लगाउन सकियो भने यो पार्टी कोलाप्स हुन्छ भनेर सोचेको होला, सांसदहरु एमालेमा आउँछन र लार्जेष्ट पार्टी हुने सोचेको होला । केपी ओलीले उपसभामुखलाई हटाउनको लागि अनेकौं प्रयास गरे । ओलीपनि ५० वर्षसम्म ईगो राखिराख्ने व्यक्ति हुन् ।’ 


    उनले माधव नेपालमाथि मुद्दा लगाउने कुरा राजनीतिक प्रतिशोध नै भएको ठोकुवा गरे । उनले भने,‘तर हामीलाई कुनैप्नि प्रकारको डर छैन् । अख्तियारको ऐन अनुसार नै छैन, संविधानको व्यवस्थाअनुसार पनि छैन् । हामी यसको डटेर सामना गर्छौं ।’ उनले जति दिन ओली सरकारमा बस्छन् उतिदिन बदनाम हुने भएकोले आफूहरुले सरकार तत्काल ढलोस भनेर नचाहेको स्पष्ट पारे ।

     
    उनले अहिलेको सरकारको काल आएको टिप्पणी गरे । उनले भने,‘स्यालको काल आयो भने शहर पस्छ, नेताको काल आयो भने संसद् विघटन गर्छन् । यो सरकारको काल आएको छ । यसको अवसान र मृत्यु अत्यन्तै नराम्रोसँग हुन्छ । ओली आज उद्घाटन गर्न जाने हरेक कार्यक्रममा साना बच्चाहरुले ओली मुर्दावाद भनेर नारा लगाउँछन् । अख्तियार पनि निर्देशनमा चल्छौं र प्रयास गर्छ भने तिम्रो काम छैन् ।

    तिमी ओलीको गोटी भयौ । ओलीले जे–जे भन्छन्, त्यही त्यही मान्छौं भने तिम्रो चेतना कस्तो छ भनेर नेपाली समाजले बुझेकै छो । हामी प्रतिवाद गर्छौं ।’
    उनले अध्यक्ष पदबाट माधव नेपालले राजीनामा नदिने स्पष्ट पारे । उनले भने,‘माधव नेपाल अध्यक्ष भएरै ओलीको कुशासनको मुकाविला सशक्त रूपमा प्रतिरोध गर्छौं । ओलीले चिताएको कुरा पूरा हुन दिँदैनौं ।’ 


    नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले कांग्रेस–एमालेको वर्तमान सरकार कसैले बिग्रियोस वा भत्कियोस भनेर जतिसुकै धुप बालेपनि सरकारको रौं पनि नहल्लिने दाबी गरेका छन् । उनले भने,‘किनभने यो सरकारलाई एक वर्ष अघिदेखि नै ढल्यो भनियो । अब भन्दा भन्दै ०८४ सम्म जान्छौं ।’


    उनले आफूहरु जुनसुकै विषयमा पनि छानबिनको लागि तयार रहेको स्पष्ट पारे । उनले आफूहरुलाई अहिले कुनै पार्टीलाई फुटाउन जरुरी नरहेको बताए । उनले भने,‘हामी कुनै पार्टी फुटाएर ठूलो पार्टी बनाउने ईच्छा छैन् । कुनै दललाई फुटाउने काम गर्दैनौं । दलहरु जुट्नसक्ने कानून बनाउँछौं । हामी जनताको विश्वासमा टिक्छौं । जनतामा भर गर्छौं ।’


    उनले गृहमन्त्री रमेश लेखकले दिएको स्टेटमेन्ट हेर्दा र अहिलेसम्मको स्थ्तिि हेर्दा भिजिट भिसा प्रकरणमा प्रत्यक्ष संलग्न भएको ठाउँ नदेखिएको दाबी गरे । उनले भने,‘त्यहीभएर राजीनमा नदिएपनि हुन्छ भन्ने हाम्रो दलको कुरा हो । राजीनामा दिनैपर्छ भन्ने कुरा पनि नैतिकता हुँदैन । प्रश्न उठेको विषय नैतिकताको कुरा व्यक्तिमा भरपर्छ । अहिले आएर राजीनामा दिँदापनि नैतिकता हुँदैन् ।’


    उनले एमालेमा कुनै गुट नरहेको जिकिर गरे । उनले भने,‘नेताहरूको नाम जोडेर गुटबन्धी छैन् । ११औं महाधिवेशन गुटरहित ढंगले सम्पन्न गर्छौं ।’ उनले जुनसुकै भ्रष्टाचारको मुद्दामा सरकारले अदालतको कठघरासम्म पुर्याउने बताए । उनले भने,‘प्राप्त प्रमाणको आधारमा महान्यायािधवक्ताले व्याख्या गर्ने हो । जुनसुकै खालको भ्रष्टाचारको मुद्दा भएपनि त्यसलाई अदालतको ढोकासम्म पुर्याउने काम सरकारले गर्छ ।

    अख्तियारले आफ्नो तहबाट छानबिन गरेको छ । उसले अदालतको कठघरामा पुर्र्याएको छ । अख्तियारलाई धन्यवाद भन्नुपर्ने हुन्छ । ठूला मुद्दाहरुमा आँटका साथ मुद्दाहरु अदालतमा पुर्याएको छ । अख्तियारले उठेको प्रश्नको उत्तर अदालतसम्म पुर्याृउने हो । त्यसको जाँच अदालतले गर्छ ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com