सुनचाँदी व्यवसायी र कालिगढ संघर्ष समिति सडकमा, विलासी र पत्थरमा लगाइएको लगाएको कर खारेज गर्न माग (तस्बिरसहित)

सुनचाँदी व्यवसायी र कालिगढ संघर्ष समिति सडकमा, विलासी र पत्थरमा लगाइएको लगाएको कर खारेज गर्न माग (तस्बिरसहित)

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • images
    images
    सुनचाँदी व्यवसायी र कालिगढ संघर्ष समिति सडकमा, विलासी र पत्थरमा लगाइएको लगाएको कर खारेज गर्न माग (तस्बिरसहित)
    images
    images

    काठमाडौँ / सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौँको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

    सरकारले आगामी बजेटमार्फत सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहनालाई भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । 

    उनीहरूले आइतबार विहान विभिन्न प्लेकार्ड र कालो व्यानर बोकेर न्यूरोड गेटदेखि बसन्तपुर डबलीसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् । 

    sunchadi byabasayo andolan (7).JPG

    सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले २०८२/८३ को बजेटमा व्यवस्था भएका कतिपय प्रावधानले सुनचाँदी व्यवसायीलाई प्रभावित बनाएको बताए । 

    sunchadi byabasayo andolan (5).JPG

    उनले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी तथा पत्थरहरूमा १३ प्रतिशत कर लगाएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । 

    उनले भने, “२०८२/८३ को जुन बजेट आएको छ, त्यसमा व्यवस्था भएका कतिपय प्रवधानले सुनचाँदी व्यवसायीलाई एकदमै प्रभाव पार्ने भएकाले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी गराउनका लागि र रत्न तथा पत्थरहरूमा १३ प्रतिशत कर लगाएको छ, त्यो पनि खारेज गर्नुपर्छ । साथै व्यवसायिकलाई आवश्यक ऐनको धेरै वर्षदेखि माग गर्दा पनि सुनुवाई नभएपछि सरकारलाई ध्यानाकर्षण गराइएको हो । सम्बन्धित निकायले सुनुवाइ गरेन । सधैँ आश्वासन मात्र दिने काम भयो । हाल आएको प्रावधानबाट व्यवसाय गर्न सकिदैँन । देशभरिका व्यवसायी मिलेर अझै सशक्त ढंगमा अगाडि बढ्ने सल्लाह भइरहेको छ ।” 

    sunchadi byabasayo andolan (4).JPG

    उनीहरूले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायीमैत्री ऐन जारी गर्न पनि माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com