काठमाडौँ / प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई आकर्षक छुट अफर उपलब्ध गराउने भएको छ । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले होटल कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाइनेछ ।
होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।
यी छुट अफरहरूले ग्राहकहरूलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहयोग गर्नेछ ।
जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो ।