images
Logo
images

सिटिजन्स बैंकद्वारा व्यवसायिक बैंकिङका लागि र्यापिड एपिआइ बैंकिङ प्रणालीको सुरुवात

सिटिजन्स बैंकद्वारा व्यवसायिक बैंकिङका लागि र्यापिड एपिआइ बैंकिङ प्रणालीको सुरुवात

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • सिटिजन्स बैंकद्वारा  व्यवसायिक बैंकिङका लागि र्यापिड एपिआइ बैंकिङ प्रणालीको सुरुवात

    सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रा लि संग को सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म (एपिआई बैंकिङ प्ल्याटफर्म) र्यापिड सञ्चालनमा ल्याइएको छ ।  

    images
    images

    यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा र्यापिडले ग्राहकको इआरपि प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा इआरपि भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ ।

    साथै दोस्रो चरणमा, र्यापिड विश्वव्यापी मापदण्ड आइएसओ २००२२ तथा एमएफए र इब्गतजद्द जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपिआई उपलब्ध गराउनेछ, जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने, जस्ता सेवाहरु उपलब्ध हुनेछन् र्यापिडले व्यवसायिक प्रयोगकर्तालाई इब्गतजद्द मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ, र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोड (टिओटिपि)को माध्यमबाट थप सुरक्षा प्रदान गर्छ। सम्पूर्ण डेटा आधुनिक पिकेआइ प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।

    र्यापिडले विश्वव्यापी आइएसओ २००२२ मापदण्डहरू पालना गर्छ, जसले वित्तीय डेटा स्पष्ट, स्थिर, र विश्वासिलो ढाँचामा प्रस्तुत गर्न सुनिश्चित गर्छ - जसले गर्दा व्यवसायिक ग्राहकहरुले छिटो, सही र पूर्ण आत्मविश्वासका साथ वित्तीय कार्य गर्न सक्छन् । यो सेवाले व्यवसायिक ग्राहकहरुको बैंकिङ कारोवारलाई धेरैनै सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

    सिटिजन्स बैंकले अहिले डिजिटल बैंकिङ र Digitization adaptation मा Lead Strategy लिएर अगाडी बढ्दै आएको छ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड  ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय