होटल गरिमाले आइपिओ जारी गर्ने, एनआइएमबी एस क्यापिटलसँग गर्यो रोडम्याप सम्झौता

होटल गरिमाले आइपिओ जारी गर्ने, एनआइएमबी एस क्यापिटलसँग गर्यो रोडम्याप सम्झौता

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • images
    images
    होटल गरिमाले आइपिओ जारी गर्ने, एनआइएमबी एस क्यापिटलसँग गर्यो रोडम्याप सम्झौता
    images
    images

    काठमाडौँ / होटल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले नेपालको पूँजी बजारमा प्रवेश गर्ने प्रक्रियागत कार्यसम्पादनका लागि शुक्रबार एनआइएमबी एस क्यापिटल लिमिटेडसँग ‘रोडम्याप टु आइपिओ’सम्बन्धी रणनीतिक सहकार्य तथा परामर्शका लागि सम्झौता गरको छ ।  

    होटल गरिमा लिमिटेडले एनआइएमबी एस क्यापिटलसँग उक्त रोडम्याप सेवा सम्झौतामा हस्ताक्षर गरी सार्वजनिक सूचीकृत कम्पनीप्रतिको यात्राको शुभारम्भ गरेको हो ।

    सम्झौतामा होटल गरिमा लिमिटेडको तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक, विनोद पौडेल र एनआइएमबी एस क्यापिटलका तर्फबाट उक्त एस क्यापिटलका डेपुटी सिइओ सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा औपचारिक हस्ताक्षर गरेका हुन् । 

    उक्त सम्झौताअनुसार, एनआइएमबी एस क्यापिटल लिमिटेडले आइपिओ सम्बन्धित विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा रही होटल गरिमा लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) प्रक्रियाको तयारी, नियामक निकायहरूसँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालना सम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक परामर्श र सहयोग प्रदान गर्नेछ ।

    हस्ताक्षरपछि उक्त कार्यक्रममा होटल गरिमा लिमिटेडका प्रबन्ध निर्देशक पौडेलले उक्त सम्झौता होटल गरिमा लिमिटेडको पूँजी बजार प्रवेशका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको छ र यो कम्पनीको विकासका लागि कोसेढुंगा सावित हुने बताए । 

    साथै, उनले पारदर्शिता, व्यावसायिक उत्कृष्टता र लगानी विस्तार मार्फत आतिथ्य सत्कार क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । 

    उक्त सहकार्यले कम्पनीलाई नेपालको पूँजी बजारमा सूचीकृत हुने यात्रामा एक महत्त्वपूर्ण योगदान दिने बताए । 

    त्यसैगरी एनआइएमबी एस क्यापिटल लिमिटेडका डेपुटी सिइओ ढुंगानाले होटल गरिमा लिमिटेडको आइपिओयात्रामा आवश्यक सम्पूर्ण प्राविधिक मार्गदर्शन तथा रणनीतिक सल्लाह उपलब्ध गराउँदै निरन्तर सल्लाह सहयोग र विशेषज्ञता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    होटल गरिमा लिमिटेडको तर्फबाट आइपिओ प्रक्रिया प्रारम्भ गर्नु कम्पनीको दिगो विकास, संस्थागत पारदर्शिता तथा आम लगानीकर्तालाई आतिथ्य क्षेत्रमा आकर्षित गर्ने दृष्टिकोण अनुरूपको महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।

    होटल गरिमाको यो प्रयासबाट विकास, कम्पनीको पारदर्शिताका साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास, विशेष गरी कोशी प्रदेशमा लगानी अवसरहरूको विस्तारमा प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताइएको छ । 

    होटल गरिमा पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य सत्कार उद्योगप्रति समर्पित कोशी प्रदेशको इटहरी, नेपालमा अवस्थित पाँचतारे स्तरको लक्जरी होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com