काठमाडौँ / बिहीबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज बढेर १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको हो ।
यता, चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी यसअघिकै मूल्यमा अर्थात तोलामा २ हजार ७५ रुपैयाँमा करोबार भइरहेको छ ।