images
Logo
images

फोनपे र एभरेस्ट बैंकबीच सहकार्य — एभरेस्ट फोनपे क्रेडिट कार्ड सुरु

फोनपे र एभरेस्ट बैंकबीच सहकार्य — एभरेस्ट फोनपे क्रेडिट कार्ड सुरु

बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • फोनपे र एभरेस्ट बैंकबीच सहकार्य — एभरेस्ट फोनपे क्रेडिट कार्ड सुरु

    काठमाडौँ / नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोनपेले एभरेस्ट बैंकसँग सहकार्य गर्दै ‘एभरेस्ट फोनपे क्रेडिट कार्ड’ सुरु गरेको छ । जुन अहिले प्रयोगकर्ताहरूका लागि उपलब्ध छ। 

    images
    images

    फोनपे क्रेडिट कार्ड स्किमअन्तर्गतको यो नवप्रवर्तनात्मक सेवा पूर्ण रूपमा भर्चुअल हो र एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप “भ्द्यी त्यगअज द्दद्ध।” मार्फत सहज रूपमा पहुँचयोग्य छ। 

    यस कार्डले प्रयोगकर्ताहरूलाई अझ सहजता र नियन्त्रण दिने लक्ष्य लिएको छ । कार्डधारकहरूले अब देशभर रहेका फोनपे क्यूआर व्यापारीहरूमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 

    यस कार्डले पारम्परिक क्रेडिट सुविधाहरू-जस्तै ब्याजरहित अवधिहरूलाई आधुनिक क्यूआर–आधारित कारोबारसँग जोडेर प्रयोगकर्तालाई थप सुविधा दिएको छ। 

    “एभरेस्ट बैंक पनि अब हाम्रो यात्रामा सहभागी भएपछि हामी निकै उत्साहित छौँ,” फोनपेका प्रमुख कार्यकारी अधकिृत दिवस कुमारले भने । 

    उनले थपे, “यो सहकार्यले घरेलु र सुरक्षति क्रेडटि समाधानको खाँचो पुष्टि गर्छ जसले उपभोक्ता र व्यापारी दुवैलाई फाइदा पुर्‍याउँछ। हाम्रो दृष्टिकोण भनेकै सबै नेपाली (विशेष वर्ग मात्र होइन)लाई समेट्ने गरी सहज र समावेशी क्रेडिट अनुभव प्रदान गर्नु हो।” 

    सिटिजन्स बैंकसँगको सफल सुरुआतपछिको यो दोस्रो चरण हो । जहाँ एभरेस्ट बैंकले आफ्नो एभरेस्ट फोनपे क्रेडिट कार्ड सुरु गरेको छ। 

    अझ धेरै बैंकहरूले पनि छिट्टै आफ्ना फोनपे क्रेडिट कार्डहरू सुरु गर्ने तयारी गरिरहेका छन्, जसले समावेशी, घरेलु र नवप्रवर्तनशील क्रेडिट पहुँचतर्फको यात्रालाई अझ बलियो बनाउनेछ। 

    यो सहकार्यसँगै, फोनपेले डजिटिल नेपाल निर्माणको दिशामा निरन्र अग्रसर हुँदै सुरक्षित, सहज र सबैका लागि पहुँचयोग्य वित्तीय उपकरणहरूको विकास गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय