नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक किरण पण्डितलाई संस्थाको प्रवक्ताको जिम्मेवारी दिएको छ। बैंकको उच्च प्रशासनिक तहमा कार्यरत पण्डितसँग बैंकिङ क्षेत्रको दीर्घ अनुभव रहेको छ।

    images
    images

    २०६२ सालमा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका पण्डितले सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतका महत्त्वपूर्ण निकायमा काम गरेका छन्। 

    हाल उनी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा कार्यरत छन्। बैंकको प्रवक्ताको रूपमा नियुक्त भएसँगै पण्डितले अब बैंकका नीति, कार्यक्रम र निर्णयहरूप्रति सार्वजनिक सञ्चारको जिम्मेवारी सम्हाल्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय