राजाले साथ मागेपछि आफूहरू सडकमा आएको राजावादीहरूको खुलासा, तर बैठकमै गएनन् अध्यक्ष लिङ्देन

राजाले साथ मागेपछि आफूहरू सडकमा आएको राजावादीहरूको खुलासा, तर बैठकमै गएनन् अध्यक्ष लिङ्देन

बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • राजाले साथ मागेपछि आफूहरू सडकमा आएको राजावादीहरूको खुलासा, तर बैठकमै गएनन् अध्यक्ष लिङ्देन

    काठमाडौँ / आज बसेको राजावादीहरूको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको थियो तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । 

    images
    images

    राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए ।

     विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरु भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे । 

    उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरे ।

    भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङ्देन अहिले संसदमा छन्  । 

    कार्यकर्ताहरुले भने यही संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखे । केहि बाहिर रहेका कार्यकर्ताले भने जबसम्म राजा र जनता एकता  हुँदैनन् तबसम्म आन्दोलन गरि रहने बताएका छन् । 

    राजाले नै जनताको साथ चाहियो भनेपछि हामी सडकमा आएको बताएका छन् । आन्दोलन समिति ल्याउने भनेर लागेकाले नै गणतन्त्रवादीसँग ल्याउन लागेको केहि कार्यकर्ताले बताएका छन्  । 

    यसैगरी, विनोद कंंडेलले आन्दोलनमा भाग लिने प्रति धन्यवाद ज्ञापन गरेका छन् । राप्रपा महामन्त्री राजेन्द्र गुरुङले जुन उदेश्य भित्र हिडेका छौँ त्यसलाई फोकस गर्न पर्ने बताए । उनले एकमत भएर आन्दोलनमा उत्रिन आवश्यक रहेकाले आन्दोदनलाई गन्तव्यमा पुर्याएर मात्र छोड्ने बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय